महिला भलिबल लिग असोजमा, विदेशी खेलाडीसमेत राख्न पाइने
काठमाडौंँ, १९ भदौ । महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो । उक्त प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यू डायमण्ड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको समूह ‘ए’ मा चितवन, न्यू डायमण्ड र आर्मी तथा समूह ‘बी’मा पुलिस, एपीएफ र पोखरा छन् । लिगको विजेताले ६ लाख, उपविजेताले ३ लाख तथा तेस्रो हुनेले एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । यो भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटरसहित ५० हजार पुरस्कार दिइनेछ ।
सोमबार एक कार्यक्रमका बीच प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीअबाधी फाउण्डेशनका प्रमखु कार्यकारीे दिनेशकुमार सिंहले संयुक्तरूपमा उक्त ट्रफी सार्वजनिक गरे । प्रतियोगितामा सहभागी टोलीले तीन/तीन विदेशी खेलाडीसमेत राख्न पाउने महासचिव चन्दले जानकारी दिए । प्रतियोगिता आयोजना गर्न सङ्घ र आधीअबाधीबीच गत साउन १७ गते दश वर्षका लागि सम्झौता भएको थियो । सो सम्झौताअनुसार आधीअबाधीले नेपाल भलिबल सङ्घलाई प्रत्येक वर्ष १५ लाख प्रदान गर्नेछ ।
September 4, 2018 12:33 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :