कराेड रुपैयाँभन्दा बढीकाे यार्सा गुम्बासहित एकजना पक्राउ
8 years अगाडी
Susma Dhakal
बाँक – नेपालगञ्ज विमानस्थलबाट प्रहरीले ठूलो परिमाणको यार्सा गुम्बासहित एकजनालाई नियन्त्रणमा लिएको छ । डोल्पाबाट समिट विमानमा नेपालगञ्ज अवतरण गरेका डोल्पा ठूलो भेरी नगरपालिका–६, का श्रवणकुमार बुढालाई ६ किलो एकसय ग्राम यार्सा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले जानकारी दिनुभयो ।
बुढाले अबैध यार्सागुम्बा ल्याएको भन्ने सूचनाको आधारमा पक्राउ परेका बुढाको साथबाट डिजिटल तराजुसमेत बरामद गरिएको छ । पक्राउ गरिएका बुढालाई यार्सा गुम्बासहित जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ । जिल्ला वन कार्यालय बाँकेले वन मुद्धामा अनुसन्धान भइरहेको जनाएको छ । बरामद गरिएको यार्सागुम्बाको बजार मूल्य करिब सवा करोड रहेको प्रहरीले जनाएको छ ।
September 4, 2018 1:11 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...