भाइरल हुनुलाई यस्तो हर्कत :३०० मा बिहे गरेका सञ्जेल पाहुना बिदा गरेर ‘जग्गे’ मा !
काठमाडौं – बिहेमा जम्माजम्मी ३०० रुपैयाँ खर्च गरेको भन्दै शिक्षा अभियन्ता उत्तम सञ्जेल सोमबार एकाएक भाइरल बने । ४१ वर्षको उमेर वैवाहिक बन्धनमा बाँधिएका सञ्जेललाई उदाहरणीय काम गरेको भन्दै धेरैले बधाइ दिए ।पशुपति क्षेत्रको गुहेश्वरीमा विवाह समारोहमा व्यवसायी उपेन्द्र महतो, कलाकारद्धय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै वरिष्ठ पत्रकारहरु उपस्थित थिए ।
दुलाहा सञ्जेल टिसर्ट, पाइन्ट र चप्पलमा थिए भने दुलही कला अधिकारीले पनि कुर्था सुरुवाल लगाएकी थिइन् । सञ्जेलले २०० सय रुपैयाँको माला, ७५ रुपैयाँको पोते र २५ रुपैयाँको सिन्दुर किनेको भन्दै ३०० रुपैयाँमा बिहे गरेको सबैलाई बताए ।यो खबर एकाएक भाइरल भयो । शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेका सञ्जेलले अर्को अनुकरणीय काम गरेको भन्दै समाचार बने, धेरैले बधाइ दिए ।
तर, साँझपख बिहेको एउटा तस्वीर सार्वजनिक भयो । जसमा सञ्जेल र कला जग्गेमा बसेका छन् । दुलाहा, दुहलीले अर्को माला लगाएका छन्, होम हालिएको छ । छेउमा लिंगो ठड्याइएको छ । पुरोहित पनि छन् ।सञ्जेलको बिहे भइरहेको यो तस्वीर सुरुमा त धेरैलाई विश्वसनीय नै लागेन । सञ्जेललाई बदनाम गराउन फोटोसप गरिएको त होइन भनेर धेरैले आशंका गरे ।
तर, सञ्जेलले स्वीकार गरेका छन्, यो फोटोसप गरिएको होइन, साँचो तस्वीर हो । खासमा जब ३०० रुपैयाँमा बिहे गरेका सञ्जेल दुलाहा-दुलहीलाई बधाई दिएर जब पाहुनाहरु हिडेँ, त्यसपछि गुहेश्वरीमा नै जग्गे हालेर पूजापाठ गरिएको रहेछ ।सुरुमा तस्वीर सही होइन होला भन्दै अस्वीकार गरेका सञ्जेलले हामीसँगको टेलिफोनमा भने, ‘पूजापाठ, शान्ति स्वस्ति क्या ! आफ्नो, पर्सनल ।’तर, ३०० रुपैयाँमा सकिएको भनिएको बिहेमा खर्च त थपिएछ नि हैन ? हाम्रो प्रश्नमा सञ्जेलले भने- ‘अलिकति । चानचुन पैसा ।’प्रगतिशील संस्कार देखाएको भनेर दिनभर प्रशंसा पाएका सञ्जेलले साँझमा भने- ‘आफ्नो संस्कृतिलाई पनि मिचिहाल्न सकिँदैन रहेछ ।’
September 4, 2018 2:46 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै