हेर्नुहोस बाहुनकी छाेरीलार्इ दलितका छाेराले बाजा बजाएरै भित्र्याएपछी !
समाजमा जातीय विभेद अझै पनि विद्यमान छ । गाउँमा मात्र नभै सहरमा समेत कुनै न कुनै रुपमा जातीय आधारमा भेदभाव तथा छुवाछुत गर्ने कुसंस्कार कायमै रहेको छ । त्यसैकारण प्रेम गर्ने धेरै जोडीहरु विवाह बन्धनमा बाँधिनबाट बञ्चित छन् । समाजमा आइपर्ने चुनौतीको सामना गर्दै एक जोडी भने अन्तरजातीय विवाहमा बाँधिएका छन् । सराङ्कोट गाविस वडा न। ६ सौरेखोलाकी ज्योति अधिकारी र सोही वडाका रविबहादुर विकबीच अन्तरजातीय विवाह भएको हो ।
परिवारको अवरोधबीच पनि प्रेमलाई सफल बनाउन सकेकोमा ज्योतीले खुशी व्यक्त गरिन् । ‘हामीबीच प्रेम सम्बन्ध भएको थाहा पाएपछि घरमा तीन दिन थुनेर शारिरक र मानसिक यातना दिए’–उनले भनिन्–‘कलेज जाने बहानामा घरबाट भाग्न सफल भए ।’ ज्योतिका बुबा श्रीकृष्ण अधिकारी आफै वकिल भएपनि उनीहरुको विवाह स्वीकारेका छ्र्रैनन् । रविकी आमा लक्ष्मी विकले उनीहरुको सम्बन्धलाई लिए खुशी भएको बताइन् । उनले छोराबुहारीको जीवन राम्रोसँग वितोस् भन्ने कामना गरिन् ।
September 5, 2018 10:12 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी