Sunday 21st December 2025

रेलको झ्यालबाट किस अनि इन्टरनेटमा भाइरल

7 years अगाडी

बीबीसी। रेलका झ्यालबाट आधी बाहिर निस्किएकी प्रेमिका र रेल बाहिर चुम्बन गर्दै उभिएको उनको प्रेम। छेउकै दुई वटा झ्यालबाट हेरिरहेका अन्य यात्री।

In this changing shifting world where the old stories have collapsed and no new story has yet emerged to replace them comes a story of everlasting love. Here is the #JalebiPoster@Tweet2Rhea@varunmitra19@DiganganaS@PushpdeepBhardwpic.twitter.com/arZzQnOKie

— Mahesh Bhatt (@MaheshNBhatt) September 3, 2018

केही यस्तै देखिन्छ महेश भट्टको नयाँ फिल्म ‘जलेबी’ को पोस्टर। महेश भट्टले ट्विटमार्फत यो विषयमा जानकारी दिएका छन्।
उनले लेखेका छन्, ‘परिवर्तन भइरहेको यो विश्वमा जहाँ पुरानो कथा सकिएपछि त्यसका ठाउँमा नयाँ कहानीले लिन्छ। हामी प्रस्तुत गर्दैछौं सधैं जिवित रहेने एक प्रेम कहानी। यो हो जलेबीको पोस्टर।’

पोस्टर सार्वजनिक हुने वित्तिकै सामाजिक संजालमा भाइरल भएको छ। केहीले यो पोस्टरप्रति आपत्ति जनाएका छन् भने केहीले यसमाथि चुटकिला बनाइरहेका छन्।

#JalebiPoster #Inspiredby iconic photo of the Korean war, clicked during 1950s. A soldier of 160th Infantry Regiment was departing for the Korean War. It was captured by Frank Q Brown, former Los Angeles Times photographer. #bollywood@MaheshNBhatt #Film#Jalebipic.twitter.com/2vnCkKIQDE

— Madhaw Tiwari (@MadhawTiwari) September 4, 2018

विरोध गर्नेले के आरोप लगाएका छन् भने यो फिल्मको पोस्टर  १९५० को कोरियाली युद्धको ऐतिहासिक तस्वीरको नक्कल गरेको छ।
कोरियाली युद्धको तस्वीरमा एक अमेरिकी सैनिक रेलको झ्यालमा झुण्डिएर बाहिर उभिएकी आफ्नी श्रीमतीलाई चुम्बन गर्दै थिए। यसलाई कोरियन वार गुडबाई नामले पनि चिनिन्छ।  उक्त तस्वीर लस एन्जिलस टाइम्सका फोटोग्राफर फ्रैक ब्राउनले खिचेका थिए।  यसबाहेक ट्विटर र फेसबुकमा यो पोस्टरलाई जीवनको अलग अलग परिस्थितिसँग तुलना गरेरे हेरिएको छ। यो फिल्ममा रिया चक्रवर्ती र वरुण मित्राले अभिनय गरेका छन्। वरुण मित्रा यो फिल्मबाट आफ्नो फिल्मी करियाको सुरुवात गर्न गइरहेका छन्। यो फिल्म १२ अक्टुबरमा रिलीज हुँदैछ।

          September 5, 2018 12:17 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...