Monday 30th March 2026

त्रिविका केन्द्रीय विभाग स्वायत्त बनाउन सुझाव

8 years अगाडी

काठमाडौँ।  उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ।  त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२ (संशोधन) लाई संशोधन गर्न गठित संशोधन प्रस्ताव मस्यौदा समितिले त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष आज संशोधन प्रस्तावको मस्यौदा पेश गरेको हो। संशोधन प्रस्ताव मस्यौदा तयारी समितिका संयोजक एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा डा रामप्रसाद खतिवडाले उपकुलपति प्रा डा खनियासमक्ष उक्त प्रतिवेदन हस्तान्तरण गरे।

समितिमा जनप्रशासन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा टेकनाथ ढकाल, भूगर्भशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा लालुप्रसाद पौडेल, अङ्ग्रेजी केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा अम्मराज जोशी, पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक राजेन्द्रकुमार पौडेल एवं खुला तथा दूरशिक्षा केन्द्रका सहप्राध्यापक गङ्गाराम गौतम थिए।

यसैगरी त्रिभुवन विश्वविद्यालय स्रोत साधन परिचालन र व्यवस्थापन अध्ययन प्रतिवेदनसमेत त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष पेश गरिएको छ। त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको संयोजकत्वमा गठित समितिले विश्वविद्यालयभित्रको विभिन्न आर्थिक, भौतिक एवं जग्गा जमीनसमेतको वर्तमान अवस्था र त्यसको उपयोगको अवस्थाबारेमा अध्ययन गरी उक्त प्रतिवेदन तयार पारेको हो। स्रोत साधन परिचालन र व्यवस्थापन अध्ययन समितिमा प्रा डा ओम शर्मा, प्रा डा रामचन्द्र ढकाल, प्रा डा रामप्रसाद ज्ञवाली, प्रा डा ऋदिशकुमार पोखरेल, डा शिवराज अधिकारी, डा उदयकिशोर तिवारी, डा शेरजङ्ग खड्का र कुमारप्रसाद हुमागाईं सदस्य थिए।

          September 5, 2018 1:48 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...