

‘रियलमा नै करिअर अन्त्य गर्न चाहन्छु’
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, २१ भदौ । स्टार खेलाडी मार्सेलोले रियल मड्रिडमै आफ्नो करिअर अन्त्य गर्ने बताएका छन् । पछिल्लो समय उनले पनि रियल छोड्ने हल्ला व्यापक चलिरहेको थियो । तर, उनले यसबारे भने आफ्नो प्रतिक्रिया दिएका थिएनन् । अन्ततः उनले रियलमा नै अन्त्यसम्म रहने प्रतिक्रिया दिएका छन् ।
सन् २००७ मा रियलमा आवद्ध भएका उनले लगातार तीनवर्षसम्म रियललाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । उनले भनेका छन्, ‘म रियलमा खुसी छु । यो विश्वकै उत्कृष्ट क्लब हो । आफ्नो करिअरको अन्त्य यसै क्लबमा गर्ने मेरो चाहना रहेको छ ।’ उनले थप्दै भने, ‘रियललाई उपाधि जिताउन म जस्तोसुकै योगदान दिने कोशिस गरिरहेको छु । आउने दिनमा पनि रहनेछ ।’
September 6, 2018 12:31 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार
Loading...

