नेपाली फुटबलमा इतिहास रच्दै कप्तान विराज महर्जन
ढाका । नेपाली कप्तान विराज महर्जन भुटानविरुद्ध आज मैदान उत्रिए नेपालका लागि सर्बाधिक खेल खेल्ने इतिहास रच्नेछन्। यो उनको करिअरको ६९ औं खेल हुनेछ। यसअघि नेपालबाट सर्बाधिक खेल खेल्ने इतिहास पूर्व कप्तान राजुकाजी श्रेष्ठको नाममा रहेको ६८ औं खेलको कीर्तिमान विराजले भंग गर्न लागेका हुन्। सन् २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका विराज त्यसयता निरन्तर राष्ट्रिय टोलीमा रहेका छन्।
एन्फा एकेडेमीका दोस्रो ब्याचको उत्पादन विराजले भारतविरुद्ध तीन वर्षअघि पुनेमा भएको मैत्रीपूर्णमा नेपालका लागि ५० औं खेल खेलेका थिए। सोहीवर्ष भारतमै भएको साफ च्याम्पियन्ससिपमा उनले नेपाली टोलीको कप्तानी गरेका हुन्। सन् २०१६ मा उनको कप्तानीमा नेपालले बंगबन्धु कप, सोलिडारिटी कप र साग गेम्सको उपाधि जितेको थियो। त्यसैले उनलाई नेपाली फुटबल इतिहासको सफल कप्तान समेत मानिन्छ।
विराज हाल घरेलु फुटबलमा मनाङमस्र्याङ्दी क्लबसँग आवद्ध छन्। उनले लामो समय अर्को घरेलु फुटबलको सफल क्लब थ्रीस्टारबाट पनि खेलेका थिए। इतिहास रच्दै गरेका विराजले ढाकामा डिसिनेपालसँग प्रतिक्रिया दिदैँ भने, ‘देशका लागि खेल्न पाउनु सधैँ गर्वको कुरो हो। खेलाडीका रुपमा यसलाई म ठूलो उपलब्धि मान्छु। कसैले चाहेर मात्रै देशको प्रतिनिधित्व गर्न पाउँदैन्। कतिले क्षमता भएपनि मौका पाउदैनन्। मैले सानोदेखिको मेहनत, परिवार, प्रशिक्षक र समर्थकहरुको मायाँले यस ठाउँसम्म पुगे। यो मेरालागि एकदमै गर्वको कुरा हो।’
September 6, 2018 12:44 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता