नेपाली फुटबलमा इतिहास रच्दै कप्तान विराज महर्जन
ढाका । नेपाली कप्तान विराज महर्जन भुटानविरुद्ध आज मैदान उत्रिए नेपालका लागि सर्बाधिक खेल खेल्ने इतिहास रच्नेछन्। यो उनको करिअरको ६९ औं खेल हुनेछ। यसअघि नेपालबाट सर्बाधिक खेल खेल्ने इतिहास पूर्व कप्तान राजुकाजी श्रेष्ठको नाममा रहेको ६८ औं खेलको कीर्तिमान विराजले भंग गर्न लागेका हुन्। सन् २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका विराज त्यसयता निरन्तर राष्ट्रिय टोलीमा रहेका छन्।
एन्फा एकेडेमीका दोस्रो ब्याचको उत्पादन विराजले भारतविरुद्ध तीन वर्षअघि पुनेमा भएको मैत्रीपूर्णमा नेपालका लागि ५० औं खेल खेलेका थिए। सोहीवर्ष भारतमै भएको साफ च्याम्पियन्ससिपमा उनले नेपाली टोलीको कप्तानी गरेका हुन्। सन् २०१६ मा उनको कप्तानीमा नेपालले बंगबन्धु कप, सोलिडारिटी कप र साग गेम्सको उपाधि जितेको थियो। त्यसैले उनलाई नेपाली फुटबल इतिहासको सफल कप्तान समेत मानिन्छ।
विराज हाल घरेलु फुटबलमा मनाङमस्र्याङ्दी क्लबसँग आवद्ध छन्। उनले लामो समय अर्को घरेलु फुटबलको सफल क्लब थ्रीस्टारबाट पनि खेलेका थिए। इतिहास रच्दै गरेका विराजले ढाकामा डिसिनेपालसँग प्रतिक्रिया दिदैँ भने, ‘देशका लागि खेल्न पाउनु सधैँ गर्वको कुरो हो। खेलाडीका रुपमा यसलाई म ठूलो उपलब्धि मान्छु। कसैले चाहेर मात्रै देशको प्रतिनिधित्व गर्न पाउँदैन्। कतिले क्षमता भएपनि मौका पाउदैनन्। मैले सानोदेखिको मेहनत, परिवार, प्रशिक्षक र समर्थकहरुको मायाँले यस ठाउँसम्म पुगे। यो मेरालागि एकदमै गर्वको कुरा हो।’
September 6, 2018 12:44 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :