Sunday 21st December 2025

दोस्रो सन्तानका पिता बने शाहिद कपुर

7 years अगाडी

एजेन्सी। बलिउड अभिनेता शाहिद कपुर दोस्रो सन्तानका पिता बनेका छन् । उनकी पत्नी मीरा राजपुतले मुम्बइको हिन्दुजा अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । अहिले आमा र छोरा अस्पतालमै छन् । शाहिदका छोराको कुनै फोटो सार्वजनिक भएको छैन ।

शाहिदकी यसअघि १ छोरी मीशा छिन् । शाहिद र मीराको लागि सामाजिक संजालमा छोराको नामको लागि धेरै सुझावहरु आइरहेका छन् । यीमध्ये दुई नाम एकदमै चर्चामा छन् । धेरै फ्यानहरुले राहिद कपुर वा शमी कपुर नाम राख्न सुझाव दिएका छन् । उनीहरुले छोरीको नाम राख्दा मीराको नामको पहिलो अक्षर र शाहिदको नामको पहिलो अक्षर लिएर मीशा बनाएको हुँदा अब छोराको नाममा मीराको नामका बाँकी अक्षर र शाहिदको नामका बाँकी अक्षर गरी राहिद राख्न धेरैको सुझाव छ ।

          September 6, 2018 12:51 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...