हाम्रो पात्रो र द भ्वाइस अफ नेपालबीच सहकार्य
काठमाडौं । हाम्रो पात्रो र द भ्वाइस अफ नेपालबीच सहकार्य गरिएको छ। इतिहासका विभिन्न कालखण्डले नेपाली टेलिभिजन मार्फत् पस्किदै आएको पछिल्लो परिवर्तनको साक्षी नेपाली दर्शक र नेपाली टेलिभिजनका सामाग्रीलार्इ निरन्तर समय सापेक्ष पस्किने कसरतमा लागीरहने एउटा क्रियाशील तप्का आज परिधि विहिन डिजिटल श्रोत साधनका विभिन्न अवसरहरुको ठूलो मञ्चमा बिराजमान छ।
२०४० सालताका भित्रिएको टेलिभिजन एनालग हुँदै डिजिटल र हाईडेफिनेशनमा शानदार यूगमा अभ्यास गर्दैछ। यसबीच टेलिभिजन तथा स्वतन्त्र कार्यक्रम उत्पादकहरुले उत्पादन गर्ने कार्यक्रमहरुमा पनि उल्लेख्य परिवर्तन आएको छ। डिजिटल युगमा युग सुहाउँदो विश्व स्तरीय कार्यक्रम बनाउनु र मेडियाका विभिन्न माध्यमहरुको प्रयोग गर्नु आजको आवश्यक्ता पनि हो।
निरन्तर नवमेडियामा प्रयोग गर्दै आएको नेपालीको जीवनशैली तथा दैनिक आवश्यक्ताका विविध विषयवस्तु समेटेको नेपालको लोकप्रिय एप यस पटक उपस्थित छ कला तथा मनोरञ्जनसहितको एउटा यस्तो टेलिभिजन सामाग्रीका साथ जसले आफ्नो उपस्थितिको संकेतमात्रले पनि नेपाली दर्शक श्रोता तथा सङ्गीतप्रेमीहरुमा तरङ्ग ल्याउन सफल भएको छ।
“द भ्वाइस” को नेपाली संस्करण ‘फ्रेञ्चाइज’ द भ्वाइस अफ नेपाल अब नेपालको सबै भन्दा बढी डाउनलोड भएको जीवनशैली एप हाम्रो पात्रोबीच पहिलो सिजनको एकापसी सहकार्यका लागि सम्झौता गरेको हो। हाम्रो पात्रो अब द भ्वाइस अफ नेपालको आधिकारिक डिजिटल मिडिया पार्टनरको रुपमा हाम्रो पात्रो प्रयोगकर्ता तथा द भ्वाइस अफ नेपालको दर्शक श्रोतासम्म यो सिजनको हरेक एक्लुसिभ सामाग्री, अडियो सामाग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारण समेत हेर्न सकिने सकिने ANC Event Management का प्रल्हाद सिंह महतले बताए।
हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले भने, ‘निरन्तर विश्वस्तरका मेडिया सामाग्रीहरु हाम्रो लाखौं प्रयोगकर्तासम्म जोड्दै लैजानु हाम्रो मूल उद्देश्य हो र द भ्वाइस अफ नेपालको यो ठूलो संङ्गीत यात्रामा हामीले सङ्गीत कर्ममा विश्वास राख्ने, आस्था राख्नेहरुका लागि सहयात्री बन्न पाउँदा खुशी लागेको छ।’
September 6, 2018 12:59 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी