Monday 9th March 2026

चलचित्रमा अभिनय गर्न छोडेर नायक ‘पल शाह’ अष्ट्रेलिया उडे

8 years अगाडी

काठमाडौं । नायक पल शाह अष्ट्रेलियाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बुधबार राती उडेका छन्। आउँदो शनिबार (८ सेप्टेम्बर)मा हुने ‘राप्ती इन्टरनेशनल म्युजिक अवार्ड’मा सामेल हुनका लागि उनी बुधबार साँझ अष्ट्रे«लियातर्फ लागेका हुन्।उनीसँगै लोक गायिका राधिका हमाल, सिन्धु मल्ल, गायक कृष्ण रेउलेलगायतका कलाकारहरु छन्।

एअरपोर्टमा पललाई छोड्नका लागि उनकी आमा र बहिनी पुगेका थिए। राप्ती अञ्चल भित्रका कलाकारहरुलाई मात्र दिइने यो अवार्डको उत्कृष्ट मोडलको मनोनयनमा परेका थिए। त्यसै अनुरुप उत्कृष्ट मोडलको अवार्ड थाप्न अष्ट्रेलिया हिडेका हुन्।

कार्यक्रममा राधिका हमाल, कृष्ण रेउले लगायतका कलाकारको आफूहरुको प्रस्तुति पनि रहने बताए। तर पलले भने आफ्नो प्रस्तुती नहुने बताए। ‘मैले कुनैपनि अवार्ड समारोहमा आफूले प्रस्तुति दिने गरेको छैन, त्यसैले यो कार्यक्रममा पनि प्रस्तुति भने हुने छैन’ पलले भने। अवार्ड समारोह रक्डेल एनएस डब्लुस्थित इन्द्रेणी फङसन सेन्टरमा हुने बताइएको छ।

          September 6, 2018 1:37 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...