हेर्नुहोस यि महिलाले गरिन् श्रीमानको हत्या दिइन यस्तो बयान , पुलिसको उड्यो होस
महिलाले प्रेमिको सयोगमा श्रीमतीले श्रीमानको हत्या गरेकि छिन् । गएको भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका–१२, बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।सन्धिखर्क –१२, बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शव कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर –७, धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको रहेको पुष्टि भएको हो ।डिभर्ना बस्याल टोलाका महिलाहरु खरबारीमा घाँस काट्न गएको बेला दूर्गन्ध आएपछि के मरेछ भनेर खोज्दै जाँदा स्थानीयहरुले अनुहार नै नचिनिने अवस्थामा एउटा शव देखेका थिए । शव देखेपछि स्थानीयहरुले प्रहरीलाइ खबर गरेका थिए ।
बेवारिसे शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । बेवारिसे शव भेट्टिएको २ दिनपछि कपिलवस्तुको वाणगंगा –७, धैरेनीडाँडा बस्ने ३६ वर्षीय धनबहादुरको हुन सक्ने भन्दै मंगलबार राति श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शव हेरिन् । शव हेरेपछि ‘मेरो श्रीमानको शव होइन’ भनेर राधा फर्किइन् । प्रहरीले ‘राम्रोसँग हेर्नुस्, हुन सक्छ’ भन्यो । त्यसपछि उनले भनिन्, ‘मेरो श्रीमानलाई मैले भन्दा अरु कसले चिन्न सक्छ । यो शव मेरो श्रीमानको होइन ।’ आफ्नो श्रीमानको शव नभएको भन्दै राति नै राधा घर फर्केकी थिइन् ।
प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यालयमा बोलायो । शवको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरीसँग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर झुटो विवरण बताइन् । प्रहरीलाई शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन् । हत्या गरेर बोरामा बानेर फालेको उनले स्वीकार गरिन ।
यसरी सुरु भयो षड्यन्त्र
कपिलवस्तु वाणगंगा –७, धैरेनीडाँडा निवासी ३३ वर्षीय राधा घर्तीमगरका श्रीमान ३६ वर्षीय धनबहादुर घर्तीमगर कामको सिलसिलामा बागलुङ गएका थिए । त्यही मौका छोपी भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक विदेशबाट राधाको घरमा आए । उनी राधासँगै घरमा तीन दिनसँगै बसे ।
राधा, राधाकी आमा र रमेश तीन जना भएर कपिलवस्तुबाट अर्घाखाँचीको यात्रा तय गरे । सन्धिखर्कबाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका वडा नम्बर १२ डिभर्नाको बस्याल टोला पुगे ।उता दसैँमा आउँछु भनेर बाग्लुङ गएका राधिकाका श्रीमान धनबहादुर घर्तीमगर अचानक घर आए । घरमा श्रीमतीलाई देखेनन् । श्रीमती नदेखेपछि फोन गरे । फोनमा किन नभनी माइती गएको भनेर कुराकानी भयो । कुराकानीकै क्रममा वादविवाद भयो । धनबहादुरले भने, ‘तँ आउने कि म आम ?’ राधाले भनिन्, ‘तपार्इँ आउन पर्दैन । भाडा छैन । म भोलि आउँछु ।’
धनबहादुर एक्कासि १३ गते साँझ नै ससुराली डिभर्ना आइपुगे । सुरुरालीमा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरुबीच भनाभन सुरु भयो । भनाभनपछिको उग्र रुपले धनबहादुरको हत्या भयो । हत्या गरेर बोरामा बाँधेर जंगलमा फालेको प्रहरी अनुसन्धानमा राधा र उनको माइती परिवारले स्वीकार गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले बताउनुभयो ।
धनबहादुरको हत्या गरेको अर्को दिन बिहानै राधा र रमेश कपिलवस्तुतर्फ लागे । राधा वाणगंगा र रमेश आफ्नो सुटकेस समेत नलिइकन आफ्नो सुटकेस पठाइदिन भनेर बनगाइबाट हिँडेको राधाले बताएकी छन् । राधिकाको बुबा आमा र राधिकालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
September 6, 2018 5:57 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी