Sunday 21st December 2025

प्रियंका र निकको इन्गेजमेन्टबारे पहिलो पटक बोलिन् पूर्व प्रेमिका ओलिविया !

7 years अगाडी

अमेरिकी गायक निक जोनसकी पूर्व प्रेमिका ओलिविया कल्पोले प्रियंका र निकको इन्गेजमेन्टमा आफू अत्यन्तै खुसी भएको बताएकी छिन् सन् २०१२ की मिस युनिभर्स ओलिवियाले निकलाई खुसी हुँदै शुभकामना र बधाइ दिएकी हुन् ।

उनले भनेकी छन् ‘मलाई लाग्छ कि मानिसले कुनै पनि बेला आफ्नो प्रेम पाउन सक्छ, विशषगरी यो क्षेत्रमा किनभने यहाँ साँचो प्रेम पाउन निकै गाह्रो छ ।’ कल्पो र निको सम्बन्ध २०१५ मा नै अन्तइ भएको थियो । कल्पोले भनेकी छन् म उनीहरुका लागि निकै खुसी छु ।

कामना गर्छु कि हरेकले प्रेम र खुसी पाउन् । म उनीहरुलाई पनि शुभकामना दिन्छु ।’कल्पो आजकाल डेनी अमेन्डोलालाई डेट गरिरहेका छन् जो फुटबल क्लब मियामी डल्फिनबाट खेल्छन् ।निक र प्रियंकाले केही महिनाको डेटिङपछि हालै इन्गेजमेन्ट गरेका छन् । यो जोेडीले अर्को वर्ष बिहे गर्ने बताइएको छ ।

          September 7, 2018 11:22 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...