साउदी अरबमा हृदयघातका कारण एक नेपालीको निधन ।
तेज थापा,
साउदी अरब – साउदि अरबको जिजानमा २५ बर्षिय उमेश कुमार यादवको दुखद निधन भएको छ । रोजगारिका सिलसलामा करिव २ बर्ष पहिले साउदी छिरेका यादवको हृदयघातका कारण निधन भएको हो । उनि जिजान स्थिति सराको कम्पनिमा क्लिनर पेशामा कार्यरत थिए । प्रत्यक्ष दर्शिका अनुसार कार्यस्थल मै अचानक ढलेपछि यादवलाइ नजिकैको अस्पतालमा लैजादै गर्दा गत ५ सेप्टेम्वर २०१८ बाटोमै निधन भएको हो । घट्नाको जानकारी प्राप्त भएसँगै एनआरएनए क्षेत्रिय समन्वय समिति जिजानका अध्यक्ष समेत रहेका कृष्ण श्रेष्ठले मृतकको कम्पनिमा पुगी वास्तविक जानकारी हासिल गरेका थिए ।
अक्सफोर्ड इन्टरनेस्नल मेनपावरबाट साउदी आएका मृतक यादव सुरूङ्गा नगर पालिका ७, पाखरिया सप्तरि वासी हुन् । बिहे गरि भविष्यको सुन्दर सपना साच्दै साउदी श्रमबेच्न हिडेका अर्का नेपाली फेरी कहिले नेपाल नफर्कने गरि प्रवास मै अस्थाएका छन् ।
September 7, 2018 11:22 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा