साउदी अरबमा हृदयघातका कारण एक नेपालीको निधन ।
तेज थापा,
साउदी अरब – साउदि अरबको जिजानमा २५ बर्षिय उमेश कुमार यादवको दुखद निधन भएको छ । रोजगारिका सिलसलामा करिव २ बर्ष पहिले साउदी छिरेका यादवको हृदयघातका कारण निधन भएको हो । उनि जिजान स्थिति सराको कम्पनिमा क्लिनर पेशामा कार्यरत थिए । प्रत्यक्ष दर्शिका अनुसार कार्यस्थल मै अचानक ढलेपछि यादवलाइ नजिकैको अस्पतालमा लैजादै गर्दा गत ५ सेप्टेम्वर २०१८ बाटोमै निधन भएको हो । घट्नाको जानकारी प्राप्त भएसँगै एनआरएनए क्षेत्रिय समन्वय समिति जिजानका अध्यक्ष समेत रहेका कृष्ण श्रेष्ठले मृतकको कम्पनिमा पुगी वास्तविक जानकारी हासिल गरेका थिए ।
अक्सफोर्ड इन्टरनेस्नल मेनपावरबाट साउदी आएका मृतक यादव सुरूङ्गा नगर पालिका ७, पाखरिया सप्तरि वासी हुन् । बिहे गरि भविष्यको सुन्दर सपना साच्दै साउदी श्रमबेच्न हिडेका अर्का नेपाली फेरी कहिले नेपाल नफर्कने गरि प्रवास मै अस्थाएका छन् ।
September 7, 2018 11:22 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो