Sunday 8th March 2026

सिलीगुडीस्थित एक होटेलमा मृत भेटिइन् यी अभिनेत्री, हत्या की आत्महत्या ?

8 years अगाडी

एजेन्सी । भारतको उत्तर बंगालको सिलीगुडीको एक होटेलमा एक अभिनेत्री मृत फेला परेकी छिन्। सिलीगुडीको एक होटल रुममा टेलिभिजन अभिनेत्री पायल चक्रपर्ती रहस्यमय अवस्थामा मृत फेला गरेको स्थानीय अधिकारीलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन्। उनी पङ्खामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्।

दक्षिण कोलकाताकी पायलले टेलिभिजन सिरियल र वेब सिरिजमा अभिनय गर्दै आएकी थिइन्। उनको शव बुधबार बिहान होटलको कोठामा पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।  ३८ वर्षीय पायल केही समयअघि मात्र पतिबाट अलग भएकी थिइन्। उनका दुई वर्षका छोरा पनि रहेका छन्। उनको हत्या वा आत्महत्या भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

          September 7, 2018 12:42 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...