कञ्चनपुर घटना रहस्यमय बनिरहँदा प्रहरी महानिरीक्षक खनाल पुगे निर्मलाको घर
भीमदत्तनगर, २२ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका छन् । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका प्रहरी महानिरीक्षक खनालले अपराधीलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताए ।महानिरीक्षक खनालले घटनाको सुक्ष्म रूपमा विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिए । ‘प्रहरीप्रति अविश्वास राख्नु हुँदैन ’ उनले भने, ‘चाँडो नतिजा ल्याउनेमा सक्रिय छौँ । अनुसन्धानमा समय लागे पनि दोषीलाई कारबाही हुनेमा ढुक्क हुन उनले आग्रह समेत गरे ।
सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगसित नेपाल प्रहरीले समन्वय गरेर आजबाट सुरुवात हुन गइरहेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियानले अपराध नियन्त्रणमा बल पुग्ने उनले धारणा राखे । ‘अभियानअन्र्तगत अधिकारकर्मी, नागरिक समाजलगायत सबै सामाजिक संघसंस्थासित समन्वय गरेर अघि बढ्छौँ ।’ प्रहरी महानिरीक्षक खनालले भने, ‘न्यायमा पहुँच बढाउन समेत अभियान लाभदायक हुनेछ ।’
महिलामाथि हुने हिंसालगायत कुनै पनि अपराधजन्य कार्यको नियन्त्रण एवं न्यूनीकरणमा प्रहरी सक्रियताका साथ लागेको उनको भनाइ थियो । बिहीबार साँझ भीमदत्तनगर पुगेका महानिरीक्षक खनालले राति नै निर्मला पन्तका परिवारसँग भेटघाट र घटनास्थलको समेत स्थलगत निरीक्षण गरेका थिए । प्रहरी महानिरीक्षक खनालसँगै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी पनि भीमदत्तनगर पुगेका छन् ।
September 7, 2018 12:51 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै