Tuesday 23rd December 2025

रोनाल्डोबिनाको पोर्चुगल क्रोएशियासँग बराबरीमा रोकियो

7 years अगाडी

एजेन्सी । क्रिस्टियानो रोनाल्डोलाई आराम दिइएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार राति पोर्चुगल क्रोएशियासँग १–१ को बराबरीमा रोकिएको छ। जुनमा रसियामा भएको विश्वकपको उपविजेता बनेपछि क्रोएशियाले अन्तिम १६ बाटै बाहिरिएको पोर्चुगलसँग बराबरी खेलेको हो।

लिस्बोनमा भएको खेलमा इभान पेरिसिकले १८ औं मिनेटमा नै नजिकैबाट भली गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए। ३२औं मिनेटमा पेपेले हेडर गोल गर्दै पोर्चुगलका लागि बराबरी गोल फर्काएका थिए। पहिलो हाफमा १–१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा कुनै गोल भएन्। अब अर्को हप्तान पोर्चुगलले नेशन्स कपमा इटालीसँग खेल्नेछ भने क्रोएशियाले स्पेनसँग खेल्नेछ।

          September 7, 2018 1:39 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...