बलात्कारविरुद्ध विद्यालय तहका छात्राहरुको र्याली
काठमाडौं। काठमाडौंमा बालिका बलात्कारविरुद्ध विद्यालय तहका छात्राहरुले पनि र्याली निकालेका छन्। बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय दिन सरकारसँग माग गर्दै शुक्रबार बिहान काठमाडौंको डिल्लीबजारस्थित पदमकन्या माध्यामिक विद्यालय र डिल्लीबजार कन्या मल्टिपल क्याम्पसको आह्वानमा र्याली निकालिएको हो।
र्यालीमा सहभागी भएका छात्राहरुले देशका विभिन्न भागमा बढ्दै गईरहेको बलात्कारको घटनालाई रोक्न कडा कदम नचालेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए। उनीहरुले कञ्चनपुरकी निर्मला पन्तलगायतका बालिका र किशोरीहरुलाई बलात्कार गरी हत्या गर्नेलाई तत्काल पक्राउ गरी फासीको सजाय दिन सरकारसँग माग गरेका छन्।
बालिकामाथि दैनिकजसो हत्या, बलात्कार लगायतका घटना घट्दा पनि सरकारले उचित कदम नचालेपछि त्यसको बिरोधमा आफूहरुले पनि ¥यालीसहितको प्रर्दशन गर्नु परेको डिल्ली बजार कन्या मल्टिपल क्याम्पसीको छात्रा सपना गिरीले जानकारी दिइन्। उनले आफूहरुको सुरक्षा दिन पनि सरकारसँग माग गरिन्। डिल्लीबजारबाट सुरु भएको ¥याली पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कस्थित शान्ति वाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो।
September 7, 2018 2:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै