महोत्तरीमा २०,२२ जनाको हतियारधारी समूहद्वारा चोरी, प्रतिकारमा ५ घाइते
बर्दिवास । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–६ जमुनियाँमा शुक्रबार राति डकैती भएको छ। सो बस्तीका अर्जुन भुजेलको घरमा शुक्रबार मध्यरातको समयमा २०/२२ जनाको समूहमा पुगेका हतियारधारी डाँकाले बन्दूक र खुकुरी चलाएर पाँच जनालाई घाइते बनाएर रु १० लाखभन्दा बढी मूल्यको धनमाल लुटेर लगेका पीडित परिवारले बताएका छन्।
मध्यरातको समयमा पुगेका डाँकाले घरधनी अर्जुन भुजेल सुतेका कोठा धम्क्याएर खोल्न लगाएलगत्तै बन्दुक चलाएका थिए। डाँका कोठाभित्र पसेपछि उनीहरुलाई छलेर भाग्ने क्रममा अर्जुनको गाला र अनुहारमा डाँकाले चलाएको बन्दुकको छर्रा लागेको छ। कालो नकाव लगाएका डाँकाले अर्जुनकी पत्नी अञ्जुदेवी, छोराहरु दीपेन्द्र र अमित एवं साला सुमित बुढाथोकीलाई शरीरका विभिन्न अङ्गमा खुकुरी चलाएर घाइते बनाएका छन्।
डाँकाले चार राउण्ड गोली चलाएर सानो बस्तीलाई आतङ्कित बनाएका डाँकाको खुकुरी प्रहारबाट घाइते भई शुभस्वस्तिक अस्पताल बर्दिवासमा उपचार गराइरहेका अमित भुजेलले बताए।घरका परिवारजन भाग्न थालेसँगै घरमा रहेका सुनचाँदीका गहना, धातुका भाँडा र नगदसहित रु १० लाख मूल्य बराबरको धनमाल लुटेर डाँका फरार भएका थिए। घटनाको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पुष्टि गरेको छ। घाइते पाँचै जनाको अहिले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। घटनालगत्तै सो बस्ती र अन्य शङ्कास्पद ठाउँमा डाँकाको खोजीमा प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
September 8, 2018 12:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै