ब्राजिलको स्थायी कप्तानी घोषित भए नेयमार
रियो (एजेन्सी), २३ भदौ । रुस विश्वकपमा दर्शक चिढाउने अभियनका कारण चर्चामा रहेका पेरिस सेन्ट जर्मेनका स्टार फरवार्ड नेयमारको काँधमा नयाँ जिम्मेवारी आएको छ । उनी ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका स्थायी कप्तान घोषित भएका छन् ।प्रशिक्षक टिटेले बिहीबार औपचारिक घोषणा गर्दै नेयमारलाई कप्तानको जिम्मेवारी सुम्पिए । सिनियर खेलाडीलाई पालैपालो कप्तान बनाउने रणनीतिमा परिवर्तन गर्दै टिटोले यस्तो निर्णय गरेका हुन् । विश्वकपदौरान ब्राजिलका लागि थियागो सिल्भा, मिरान्डा र मार्सेलोले पनि कप्तानको भूमिका निर्वाह गर्ने अवसर पाएका थिए ।
प्रशिक्षण टिटेको निर्णयसँगै शुक्रबार संयुक्त राज्य अमेरिकाविरुद्ध हुने खेल भने २६ वर्षीय नेयमार कप्तानीमा हुने पक्का भएको छ ।नयाँ जिम्मेवारी पछि नेयमारले भने, ‘मैले प्रशिक्षकले कप्तान बन्न गरेको प्रस्तावलाई सहर्ष स्वीकार गरें । कप्तान बनेपछि मैले धेरै कुरा सिक्ने मौका पाएँ र अझै सिक्ने विश्वास लिएको छु ।’ उनले जिम्मेवारी थपिँदा आफ्नो खेलमा पनि सुधार आउने अपेक्षा गरेका छन् ।नेयमार अगाडि थप्छन्, ‘टोलीमा मेरो भूमिका अझै धेरै भएको महसुस भएको छ । जे-जस्तो भएपनि राम्रो फुटबल खेल्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’
कप्तानी सम्हालेपछि विश्वकप खेलको समीक्षा गर्दै उनले ब्राजिलले सोचेभन्दा धेरै अगाडि विश्वकपबाट बाहिरिनुपरेकोमा समर्थकसँग माफी मागे । उनी भन्छन्, ‘म समर्थकहरुसँग माफी माग्न चाहन्छु । हामीलाई विश्वास थियो कि हामीले नै उपाधि जित्छौं, तर त्यसमा हामी सफल हुन सकेनौं ।’ ब्राजिलले शुक्रबार हुने खेलमा संयुक्त राज्य अमेरिकासँग र एल साल्भाडोरसँग भिड्ने छ ।
September 8, 2018 12:48 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :