Monday 30th March 2026

महोत्तरीमा गोली प्रहार गरी दश लाख लुटपाट !

8 years अगाडी

गएराति महोत्तरीको भंगहामा लुटेरा समुहले गोली चलाउँदा पाँच जाना घाईते भएका छन् । राति १२ बजे तिर दश जना भन्दा बढीको समुहमा आएको ती समुह अर्जुन भुजेलको घरमा लुटपाट गर्न आएका थिए । गोली प्रहारबाट घरमुली भुजेल गम्भिर घाईते भएका छन् ।

त्यस्तैगरी लुटेराहरुको प्रतिकारका गर्न आएका भुजेलका छिमेकीको मोटरसाईकलमा पनि बम प्रहार गरेको भुजेलले बताएका छन् । घटनामा अर्जुन भुजेलसहित उनकी श्रीमती ४२ वर्षीया अञ्जुु भुजेल, छोराहरु २५ वर्षीय अमित भुजेल र १८ वर्षीय दिपेन्द्र भुजेल तथा आफन्त सुमन बुढाथोकी घाईते भएका छन् । उनीहरुको बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अवेर राती अर्जुनको घरमा लुटपाट गर्न आएका लुटेरा समुहले नगद सहित करिव १० लाख बराबरको गरहगना लुटेका छन् । अर्जुनकी श्रीमती र आमाले कानमा लगाईराखेको सुनको गहना समेत लुछेर लगेको छ । यता प्रहरीले सोहि आरोपमा केहि व्यक्तिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाएको छ । घटना स्थलबाट रातो कपडामा बेरिएको सुतली बमको टिना तीन थान र गोलीको खोका तीन थान फेला परेको प्रहरीको भनाई छ ।

          September 8, 2018 1:13 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...