एक सन्तानलाई ईश्वरको बरदान मानेका नेपाली हस्तीहरु जसले एक सन्तानमै चित्त बुझाए !
सुन्दर परिवारका लागि नेपालमा दुई सन्तान ईश्वरको बरदान भन्ने चलन छ । तर नेपाली चलचित्र क्षेत्रमा भने यस्ता कलाकारहरु छन् जो एक सन्तान ईश्वरका बरदान भन्ने मान्ने गर्छ्न । आफनो कार्य व्यस्तताका कारण दोस्रो सन्तानको लागि तयार हुन पाएनन वा चाहना नै भएन त्यो उनीहरुलाई नै थाहा होला ।

नेपाली सिनेक्षेत्रमा सदाबहार नायिकाको उपनाम भएकी करिश्मा मानन्धरले निर्माता बिनोद मानन्धरसंग बिवाह गरी मात्र एक सन्तानमा नै चित्त बुझाईन् करिश्माले आफनो सबथोक मानेकी छोरी कबिता मानन्धर हाल अमेरिकामा अध्ययनको क्रममा रहेकीछिन् ।
उनीहरुमा आमा छोरीको सम्बन्ध भन्दा पनि साथीको जस्तो सम्बन्ध रहेको बताईन्छ । यसैगरी नायिका झरना थापाले पनि एक सन्तानमा नै मन बुझाईन् । निर्माता सुनिल कुमार थापासंग बैवाहिक जीवनमा बाँधिएपछि नै चलचित्र क्षेत्रमा आएकी उनले आफनो करियरसंगै छोरीलाई हुर्काउँदैमा आफनो सम्पुर्ण समय सकिन् ।
हाल अध्ययनको क्रममा नै रहेकी छोरी सुहानी पनि चलचित्र क्षेत्रमा नै आवोस भन्ने उनको चाहना पनि छ । यस्तै रजतपटमा बोल्ड नायिकाको रुपमा चिनिएकी शुभेच्क्षा थापा झरना थापाकी नातेदार पनि हुन् । आफनो बोल्ड छबीको कारण आलोचना समेत भोग्ने गरेकी शुभेच्क्षाको पनि एक छोरी मात्र सन्तानको रुपमा रहेकीछिन् । यी त भयो नायिकाहरुको कुरा । कुनै समय चर्चित नायकको रुपमा चिनिएका दिलिप राइमाझी पनि एक सन्तानमा नै चित्त बुझाएका कलाकार हुन् । हाल आफनो परिवारसहित अमेरिकामा रहेका दिलिपको छोरी दिब्य नायिकाको रुपमा परर्फेट रहेको धेरैले टिप्पणी गर्ने गर्छन् ।

त्यस्तै भुवन केसीसंग डिभोर्स लिईसकेकी कलाकार एवं निर्मात्री सुस्मिता केसीले पनि सम्बन्धमा रहेको बेला एक सन्तान अर्थात युवा स्टार अनमोलमा नै आफनो मातृत्वलाई सिमित गरिन् ।
हुनत अहिलेसम्म आफनो सन्तान सानै भएको कारण दोस्रो सन्ता नजन्माएका कलाकारहरु छन् तर माथि उल्लेखित यी कलाकारहरु हुन् जसले भबिष्यमा अर्काे सन्तान पाउँने सम्भावना निकै न्युन छ ।
September 8, 2018 4:41 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग