Sunday 21st December 2025

फेरी एक साथ आउदै नायिका जसिता र प्रदिप खड्का

7 years अगाडी

चर्चित अभिनेता प्रदिप खड्काको गत वर्ष आएको हिट चलचित्र लिलिबिलीकी नायिका जसिता गुरुङ नेपाल आएकी छिन् । आफ्नो अध्ययनको लागी लण्डन पुगेकी जसिता नेपाल आएकी हुन् । नेपाल आउनुको कारण भनेको आगामी चलचित्र ‘लभ स्टेसन’ हो ।

फिल्ममा उनले प्रदिप खड्कासँग अभिनय गर्ने भएकी छन् ।यस भन्दा अघि पनि प्रदिप र जसिताले लिलिबिलीमा उक साथ अभिनय गरेका थिए ।उज्ज्वल घिमिरेको निर्देशनमा बन्न लागेको ‘लभ स्टेसन’को वर्कशपको काम सुरु भएको छ ।भाद्र अन्तिम साताबाट शुटिङ्ग सुरु हुने ‘लभ स्टेसन’को छायांकन भने सिक्किम र दार्जलिङ्मा हुनेछ । फिल्मलाई यहि फागुन २४ गते बाट प्रदर्शनमा आउने तयारी गरेको बताइएको छ ।

          September 9, 2018 1:04 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...