Monday 30th March 2026

प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त राष्ट्रपतिबाट महारथीको दर्ज्यानी चिन्ह

8 years अगाडी

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन्। राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन्। राष्ट्रपति भवन शितलनिवासमा अाइतबार आयोजित विशेष समारोहमा उनले रथी थापालाई महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराइन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित थिए। मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट महानुभावको समारोहमा उपस्थिति थियो। सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो।

उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर अाइतबार नै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली गरे। विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए।

          September 9, 2018 3:41 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...