वैदेशिक रोजगार जोखिपूर्ण बन्दै ।
शुक्र मोक्तान,
साउदी अरब – वैदेशिक रोजगारीका सिलसिलामा विशेषत: खाडी मुलुकहरूमा आएका नेपाली यूवाहरू दिनानुदिन थप समस्या र उल्झनमा परेका छन् । मन भरि सपना र काँधमा पारिवारीक जिम्मेवारी बोक्दै खाडी मुलुक उड्दै गरेको अधिकांश यूवाहरू, कर्मभूमिमा पाईला टेक्न नपाउँदै विभिन्न समस्याको दलदलमा फस्दै गरेको देखिन्छ । खाडी मुलुक र मलेशियाको लागि नेपाल सरकारले गरेको फ्रि भिषा र फ्रि टिकटको घोषणा गरेको पनि धेरै भयो तर कार्यन्वयन अति न्युन छ । अधिकांश कामदारहरू दलाल र म्यान पावरहरू लाइ मोटो रकम तिरेरै खाडि मुलक छिरि रहेका छन् यसर्थ “फ्रि भिषा र फ्रि टिकट” को उद्घोष केवल सस्तो लोकप्रियता मै सिमीत हुन पुगेको छ भने बैदेशिक रोजगार ऐन कागजमा मात्रै लिपिवद्ध भए जस्तो भान हुन्छ ।
नेपाली कामदारहरूका लागी गन्तव्य मुलुक मानिएको साउदीमा श्रमिक समस्या नयाँ-नयाँ घटनाक्रम सँगै अकल्पनिय रुपमा बढेको सुन्न र देख्नमा पाइन्छ । मध्यपूर्वका केही देशहरूमा चर्किँदै गरेको गृह युद्ध, विश्व बजारमा कच्चा तेलको मुल्यमा भारी गिरावट र विश्वमा चलिरहेको आर्थिक मन्दीको कारणले गर्दा प्राय श्रमिक परिचालन (Man power supply) गर्ने कम्पनीहरूमा रहेका कामदारहरू थप समस्यामा परेका छन् । समयमै तलब सुविधा नपाउने, रोजगारदाता संग काम नहुने, समय मै अस्थाई बसोबास अनुमति पत्र (ईकामा) एवम् ड्राइभरहरुका हकमा लाइसेन्स समयमै बनाएर नदिने तर काम गर्न बाध्य पार्ने र कामकै शिलशिलामा चेकजाँचमा पर्दा रोजगार दाता जिम्मेवारि बोध गर्नुको सट्टा सहजि करण भुमिकाबाट बिमुख मै कामदार लाइ नै कारबाही गराउने जस्ता समस्या भोग्न बाध्य छन् ।
हाल साउदी अरबमा कम्पनीहरूले महिनौँ देखि तलब नदिने र घर फर्किन पनि नदिने गरेका सदस्याहरू दिनानु बढ्दै गइ रहेका छन् । दुताबासमा सिमित स्रोत साधन हुनु र साउदी अरब भौगोलीक दृष्टिले पनि ठुलो रहेकाले सबै पिडितहरूलाई समयमै समुचित सेवा प्रवाह गर्न सकिरहेको देखिँदैन । यद्धपि हालै आएर नेपाल सरकारले सम्बन्धित देशमा कुटनितिक नियोग प्रमुख द्वारा भिषा प्रमाणित गराएर मात्रै कामदार पठाउने निति अबलम्बन गर्ने अभ्यास शुरु गरेको भएता पनि कति हद सम्म सफल र सार्थक हुन्छ भन्ने ब्याबहारिक रुपमा पुष्टी हुन बाँकी नै छ ।
अजमिल कम्पनीमा नौँ महिना अगाडी आएका कामदारहरू मध्ये एक कामदारले हामी संग कुरा गर्दै अहिले सम्म ईकामा उपलब्ध नगरेको बिगत पाँच महिनाको तलब नपाएको बताए । साउदी अरबको पुर्वि प्रान्त अलखोबारमा रहेको अब्दुल अजिज अल सिया कम्पनीमा बिगत बाह्र वर्ष देखी कार्यरत बोध राज तिवारीका अनुसार उनी कार्यरत कम्पनीले बिगत आठ महिना देखी तलब सुविधा नदिएको र घर पठाउ भन्दा भोली भोली भन्दै कम्पनीले टारीरहेको बताए । अर्को एक रेस्टुरेण्टमा बिगत बीस महिनादेखी कार्यरत राजेश माझीले हामीलाई बताए अनुसार उक्त रेस्टुरेण्टमा कार्यरत ९ जना कामदारलाई बिगत पाँच महिना देखी चोरीको आरोप लगाउँदै काम र तलब नदिएको बताए । उनका अनुसार १३ दिन सम्म जेलमा राखेको र चोरी प्रमाणित नभएकोले प्रहरीले रिहा गरेको तर कम्पनीले ५४ हजार साउदी रियाल दिए मात्र घर पठाउने भन्दै रोकेर राखेको बताए।यहाँ उल्लेखित समस्याहरू केही प्रतिनिधी घटना मात्र हुन् । यस प्रकारका समस्याहरू दिन प्रति दिन बढ्दै गईरहेका छ्न !
यस्ता प्रकारका समस्याहरू नियन्त्रण गर्ने हो भने दुताबासको अनुमति लिएर मात्र भिषा पठाउनु पर्ने दुताबास प्रतिनिधी हरी घिमिरेले बताउछन् । उनका अनुसार कुनै पनि कम्पनीको भिषालाई अनुमती दिँदा दुताबासले कम्पनीमै गएर प्रत्यक्ष निरिक्षण गरि भिषा प्रमाणिकरण गर्ने तथा दूतावसालाइ कम्पनिको अवस्था र कामदारहरूको तलव सेवा सुबिधाको समेत जानकारी हासिल गर्न सजिलो हुने बताउछन् ।
September 10, 2018 10:04 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन