यस कारण छोडे सलमान खानले ‘धूम ४’
एक जमानामा आपसमा प्रेम सम्बन्धमा रहेका अभिनेता सलमान खान र ऐश्वर्या रायकाे ब्रेकअप भयो । सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले अभिनेता अभिषेक बच्चनका साथ घरजम गरिन् । ऐश्वर्यासँग विवाह गरेपछि सलमान र अभिषेकबीच वर्षौदेखि शीतयुद्ध चलिरहेको छ । सलमान र अभिषेकले अहिलेसम्म एकअर्काको बारेमा कुनै किसिमका टिकाटीप्पणी नगरे पनि यी दुवैले एकअर्काबीचको दुरी भने कायमै राखेका छन । फिल्म ‘धूम’ को सिरिजमा अभिनेता अभिषेकले प्रहरीको भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

हालै ‘धूम’ सिरिजका निर्माताले अभिनेता सलमान खानलाई फिल्म ‘धूम ४’ का लागि प्रस्ताव राखेका थिए । तर सलमानले पूर्व प्रेमिकाका पति अभिषेक पनि त्यही फिल्ममा भएकाले त्यो प्रस्ताव अस्वीकार गरिदिएका छन् ।
सलमान खान अभिनेता अभिषेकसँग स्क्रिन सेयर गर्न चाहँदैनन् । यही कारण सलमानले यस फिल्मबाट हात झिकेको खबरहरु आएका थिए ।

तर सलमान खानले भने यस कुराको कारण अरु नै रहेको बताएका छन् । सलमानले आफ्ना फ्यानहरुले आँखा बन्द गरेर आफूलाई फलो गर्ने भएका कारण आफूले कहिले पनि नकारात्मक भूमिका निर्वाह नगर्ने नियम बनाएको र यही नियम पालना गर्ने क्रममा नकारात्मक भूमिका रहेका फिल्महरुको प्रस्ताव अस्वीकार गर्ने गरेको बताएका छन ।

सलमानले ‘धूम ४’ को नाम नलिएपनि यस फिल्मलाई छोड्नुको कारणबारे भने बताइसकेका छन् । यदी सलमानले यस फिल्ममा काम गर्न राजी भएमा यस फिल्ममा उनले चोरको भूमिका निर्वाह गर्नुपर्नेछ । जुन कुरा उनले बनाएको नियम विपरित हुनेछ ।
सलमान खानबाहेक यस फिल्मका लागि अभिनेता शाहरुख खान, रणवीर कपूर र रणवीर सिंहको नाम पनि चर्चामा रहेको छ ।
September 11, 2018 11:35 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :