प्रदीपकै जोडी बन्दै अभिनेत्री जसिता गुरुङ
अभिनेत्री जसिता गुरुङ केही समयको ग्याप पछि फेरि चलचित्र नगरीमा फर्किएकी छन् । चलचित्र लिलिबिलीमा अभिनय गरे पछि उनी केही समय टाढा रहिन् । उनी टाढा चलचित्र नपाएर भएकी हुन् वा आफ्नै काममा व्यस्त थिइन ? त्यो भने उनैलाई थाहा होला, खैर जे भए पनि उनी अब पुनः चलचित्र नगरीमा फर्किएकी छन् त्यो पनि नायक प्रदीप खड्काकै जोडि बनेर । चलचित्र लिलिबिलीमा पनि यही जोडीलाई दर्शकले मन पराएका थिए ।
त्यसो त प्रदीप र जसिता अहिले एक अर्काको प्रेममा रहेको र प्रदीपलाई नसोधि जसिता कुनै चलचिमा काम नगर्ने हल्ला चलचित्र नगरीमा व्यापक छ । चलचित्र ललिबिली प्रदर्शनको समयमा नै अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रेम चर्चा सुरु भएको थियो । तर उनीहरु आफैँले भने यो कुरा स्वीकार गरि सकेका छैनन् ।
असोज ५ गतेबाट छायांकनमा जाने फिल्म लभ स्टेशनमा प्रदीप र जसिताको जोडी नै देखिन लागेको हो । लभ स्टोरी जनरामै निर्माण हुन लागेको यो चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गर्दैछन् । दार्जलिङ, सिक्किम लगायतका क्षेत्रहरुमा यो चलचित्रको छायांकन हुनेछ । गोविन्द शाही र प्रदीपले मिलेर यो सिनेमा बनाउन लागेका हुन् ।
September 11, 2018 2:14 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग