प्रदीपकै जोडी बन्दै अभिनेत्री जसिता गुरुङ
अभिनेत्री जसिता गुरुङ केही समयको ग्याप पछि फेरि चलचित्र नगरीमा फर्किएकी छन् । चलचित्र लिलिबिलीमा अभिनय गरे पछि उनी केही समय टाढा रहिन् । उनी टाढा चलचित्र नपाएर भएकी हुन् वा आफ्नै काममा व्यस्त थिइन ? त्यो भने उनैलाई थाहा होला, खैर जे भए पनि उनी अब पुनः चलचित्र नगरीमा फर्किएकी छन् त्यो पनि नायक प्रदीप खड्काकै जोडि बनेर । चलचित्र लिलिबिलीमा पनि यही जोडीलाई दर्शकले मन पराएका थिए ।
त्यसो त प्रदीप र जसिता अहिले एक अर्काको प्रेममा रहेको र प्रदीपलाई नसोधि जसिता कुनै चलचिमा काम नगर्ने हल्ला चलचित्र नगरीमा व्यापक छ । चलचित्र ललिबिली प्रदर्शनको समयमा नै अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रेम चर्चा सुरु भएको थियो । तर उनीहरु आफैँले भने यो कुरा स्वीकार गरि सकेका छैनन् ।
असोज ५ गतेबाट छायांकनमा जाने फिल्म लभ स्टेशनमा प्रदीप र जसिताको जोडी नै देखिन लागेको हो । लभ स्टोरी जनरामै निर्माण हुन लागेको यो चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गर्दैछन् । दार्जलिङ, सिक्किम लगायतका क्षेत्रहरुमा यो चलचित्रको छायांकन हुनेछ । गोविन्द शाही र प्रदीपले मिलेर यो सिनेमा बनाउन लागेका हुन् ।
September 11, 2018 2:14 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :