रक्सीकाे मातमा गाउँपालिका अध्यक्ष बालारामले दिए पत्रकार पुनलाई ज्यानमार्ने धम्कि
रुन्टी गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले रोल्पा समाचार साप्ताहिकका होलेरी सम्वादाता रविन्द्र पुनमगरलाई होटेलको बन्द कोठामा लगेर ज्यानमार्ने धम्कि दिएका छन् । भाद्र २५ गते राती गाडीमा राखेर होटेलमा लगेर बुढामगरले पुनमगरलाई यस्तो धम्कि दिएका हु्न् । पत्रकार पुनमगरलाई ज्यानमार्ने धम्कि दिएको प्रति नेपाल पत्रकार महासंघ रोल्पा शाखाले खेद व्यक्त गर्दै प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ ।
महासंघका अध्यक्ष मानसिंह विश्वकर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ : “रोल्पा समाचार साप्ताहिकका होलेरी सम्वादाता रविन्द्र पुनमगरलाई रुन्टीगढी गाउँपालिका अध्यक्षले बालाराम बुढामगरले २०७५ साल भाद्र २५ गते राती गाडीमा राखेर होलेरीकै जलजला होटेलमा लगेर केही व्यक्तिहरुको आडमा कोठामा लिएर ज्यान मार्ने धक्की दिएकोप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा घोर भत्र्सना एवं खेद व्यक्त गर्दछ । रुन्टीगढी गाउँपालिका ३ मसिना निवासी एवं रोल्पा समाचार साप्ताहिकका पत्रकार रविन्द्र पुनमगरलाई आफ्नै होटेलबाट करिव ७ बजेतिर गाडीमा राखेर जलजला होटेलमा लगेर कोठा बन्द गरी मानसिक याताना, ज्यान मार्ने धम्कि दिने काम गर्नुले नागरिकहरु जनप्रतिनिधीबाटै अुरक्षित बन्नुनले आम जनतालाई निर्वाध हिडडुल गर्न पाउने, बोल्न पाउने अधिकारको कुण्ठित भएको छ । सोही होटेलमा नै मढिरापान गरी गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले गाउँपालिकाको सार्वजनिक सुनुवाईको विषयमा टिप्पनी गर्ने अधिकार पुन नभएको भन्दै पुनमगरलाई ज्यानमार्ने धम्कि दिएका थिए । गाउँपालिकाका अध्यक्ष जस्तो गरिमामय पदमा रहेका बुढामगरले कार्यालय समय भित्र बोलाएर छलफल गर्नु वा कानूनी बाटो रोज्नुको सत्ता होटेलको बन्द कोठामा लगेर करिव २ घण्टा मानसिक याताना दिनुले कानूनी राज्यको परिपालना गराउने निकाय आफैले पदको दुरुपयोग हो भन्ने नेपाल पत्रकार महासंघ रोल्पाको निष्कर्ष हो ।”
२६ गते दिउसो जारी विज्ञप्तीमा पुनमगर २५ गते राती नै असुरक्षितको खवर आफूले पाएपछि तत्काल रविन्द्र पुनमगरको सुरक्षाको लागि विभिन्न स्थानमा सम्पर्क गरी सुरक्षित राख्न सकिएको महासंघका अध्यक्षले जनाउँदै उक्त विज्ञप्तीमा –“ रविन्द्र पुनमगरले २५ गते राती ९ः२२ मा नेपाल पत्रकार महासंघ रोल्पामा आफूलाई ज्यानमार्ने धम्कि आएको र आफू वाहिर रहेको भनि जानकारी गरेपछि इलाका प्रहरी कार्यालयको सक्रियतामा उद्धार गरी गरिएको थियो । २६ दिउँसोसम्म पनि निरन्तर रुपमा मानसिक तनाव दिइएकोले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा गम्भिर आपत्ति प्रकट गर्दछ । पुनको जीवन सुरक्षाको लागि स्थानीय प्रशासन, सुरक्षाकर्मी, मानवअधिकारवादी र आम नागरिकलाई हार्दिक अन्ुरोध गर्दछ ।” भनिएको छ ।
महासंघ रोल्पाले जनप्रतिनिधहरुबाट असुरक्षाको महसुस गर्दै सुरक्षाको लागि र गाउँपालिकाले अन्य बाटो अलम्बन गर्ने सातो विपरित मार्ग रोजेमा महासंघ रोल्पाले विज्ञप्तीमा भनेको छ ः–गाउँपालिका जस्तो जनताको मतबाट निर्वाचित अध्यक्षले मदिरापान सेवन गरी, यसरी धम्काउनु भन्दा अन्य कानूनी बाटो रोज्नका लागि गाउँपालिका अध्यक्ष बालाराम बुढामगर र अन्यसरोकारवाला निकायलाई ध्यान आकर्षण गर्न चहान्छौँ । पत्रकार रविन्द्र पुनको जीवन सुरक्षा र पेशागत सुरक्षाका लागि नेपाल पत्रकार महासंघ रोल्पा अन्तिमसम्म लडिरहने समेत प्रतिवद्धता व्यक्त गर्दर्छ ।” यो घटनालाई संम्वेदनशिल्ताका साथ लिएर छानवीन गरी सत्य तथ्य रुपमा सार्वजनिक गर्नका लागि जनप्रतितिधी र सरोकारवाला सबैलाई महासंघका अध्यक्ष विश्वकर्माले आग्रह गर्नुभएको छ ।
September 11, 2018 5:25 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी