तीजमा विगत सम्झँदै मलिन अनुहारमा देवघाटका वृद्धवृद्धा, कठै आएन यिनलाई तिज
चितवन, २७ भदौ : पाखुरीमा बल हुञ्जेल परिवार र इष्टमित्रसँग तीज मनाएका वृद्धाहरू यतिबेला देवघाटमा पर्व सम्झँदै बसेका छन् । कुनै समय कहिले आफू माइत जाने त कहिले घरमै चेलीबेटी डाकेर दर खुवाउने वृद्धाहरू यतिबेला विगत सम्झँदै मलिन अनुहारमा देवघाटका वृद्धाश्रममा बसिरहेका छन् । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाज कल्याण केन्द्रको वृद्धाश्रममा हाल १९ वृद्धा तथा ११ वृद्धले आश्रय लिइरहेका छन् ।
सिन्धुलीकी ८५ वर्षीया लक्ष्मीमाया श्रेष्ठलाई हिजोआज चाडपर्व आएपछि निकै नरमाइलो लाग्ने गर्छ । उहाँले भन्नुभयो, “घरबाट लखेटिए पनि चाडपर्व आएपछि झलझली आफन्त सम्झन्छु ।” पन्ध्र वर्षअघि श्रीमानको स्वार्गारोहणसँगै घरबाट निकालिनुभएकी उहाँ आफन्तको सहारामा वृद्धाश्रम आउनुभएको हो । “तीजको बेला माइत मावल जानु छैन के गर्नु ?” उहाँले दुःखेसो पोख्नुभयो ।
स्याङजाबाट ६ वर्षअघि आउनुभएकी ८६ वर्षीया चन्द्रकला मरासिनीलाई दिदीबहिनीले बोलाउने गरेको भए पनि जान मन लाग्दैन । “आफू १७ वर्षकी हुँदा श्रीमान बितेपछि चाडपर्वमा कहिल्यै रमाइलो भएन,” उहाँले भन्नुभयो । सासु ससुरा भइन्जेल घरमै बसेको भए पनि उहाँको निधनपछि जेठाजुका छोरा बुहारीको टोकसो सहन नसकेर उहाँ यहाँ आश्रित हुनुभएको हो । “मन रमाइलो भएपो चाडपर्व रमाइलो हुन्छ” उहाँले भन्नुभयो ।
विगत १५ वर्षदेखि वृद्धाश्रममै बस्दै आउनुभएकी ८६ वर्षीया सुभद्रा पुडासैनीलाई तीजको गीत गाएर नाचगान गरेको देख्दा आँशु आउँँछ । झलझली परिवार सम्झने भन्दै उहाँले भन्नुभयो, “लक्का जवान छोरो बसले किचेर म¥यो, अब मैले कसका लागि रमाइलो गर्ने ।” एक छोरी भए पनि वृद्धाश्रममा ल्याएर राखेपछि भेट्न नआएको उहाँको गुनासो छ । हेटाँैडा घर भएकी उहाँलाई श्रीमान्ले अर्की श्रीमती ल्याएपछि घरबाट निकालिएको हो ।
भरतपर महानगरपालिका–११ घर भई हाल वृद्धाश्रम बस्दै आउनुभएकी ८३ वर्षीया शिवकुमारी शर्मा चाडपर्व नआउँदा नै खुशी लाग्ने बताउनुहुन्छ । चाडपर्वले पीडा सम्झाउने भन्दै उहाँले भन्नुभयो, “हामीलाई के तीज, के दशँै, के तिहार ।” तन्नेरी हुँदा गरेका रमाइला पल भने उहाँसामु अहिले पनि ताजै छन् । आजभोलि नाचगान गर्न नगए पनि गीत बिग्रिएको देख्दा उहाँलाई राम्रो लागेको छैन । श्रीमान बेपत्ता भएपछि छोराछोरी भएर पनि लखेटिएर वृद्धाश्रममा बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
विसं २०५२ मा खोलिएको सो केन्द्रमा वेसहारा वृद्धवृद्धा राखिँदै आएको छ । केन्द्र हेर्दै आउनुभएका ढकराज कोइरालाका अनुसार चाडपर्व आएपछि वृद्धाश्रममा रहेका वुबाआमा निकै नरमाइलो मान्ने गर्नुहुन्छ । दाताको सहयोगमा चाडपर्वमा मिठो खानेकुरा खुवाउने तथा लत्ताकपडा दिइने गरे पनि यसले उहाँहरूलाई नछुने कोइराला बताउनुहुन्छ । वृद्धाश्रममा बस्ने क्रममा वृद्ध भएर भण्डै २०० वृद्धवृद्धाको निधन भइसकेको छ । देवघाटमै अन्य दुई वृद्धाश्रम सञ्चालनमा छन् । रोटरी करुणालय र एनआरएन वृद्धाश्रममा मासिक शुल्क तिरेर वृद्धवृद्धा राख्ने गरिएको छ । ती दुई वृद्धाश्रममा गरी ७० वृद्धवृद्धा छन् । उनीहरूमध्ये कतिपय आफ्नै इच्छाले आएका हुँदा परिवारप्रति ठूलो गुनासो छैन ।
September 12, 2018 12:42 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :