पासपोर्ट थन्काएर लामिछानेले थाले गाउँमै कुखुरापालन
सुर्खेत, २७ भदौ विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछाने आफूले बनाएको राहदानी थन्काएर गाउँमै कुखुरापालन शुरु गर्नुभएको छ । पैसा कमाएर सुखको जीवन बिताउने सपना बोकेर अरुझैँ जोखिम मोलेर भएपनि कतार जानुभएका उहाँले यस पटक भने विदेशको बाटो रोज्नु भएन । बरु आफ्नै गाउँमा कुखुरापालन व्यवसाय सञ्चालन गर्नुभयो । बराहताल गाउँपालिकामा सञ्चालीत उहाँको अन्नपूर्ण पोल्टी फार्ममा अहिले एक हजार कुखुरा छन् ।
लामिछानेले कृषि विकास बैंकबाट रु छ लाख र छ लाख आफैँले सरसापट गरेर कुखुरापालन व्यवसाय गरिरहनुभएको छ । “ बैंक र केही आफूसँग भएको रकमबाट भर्खरै व्यवसाय शुरु गरेको हुँु”, उहाँले भन्नुभयो । आगामी दिनमा यसलाई अझ राम्रो बनाउँदै लैजाने तथा अब नेपालमै बसेर स्वावलम्बी बन्ने लामिछाने बताउनुहुन्छ । उहाँले दैनिक विदेशिने युवालाई मेहनत गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण दिनुभएको छ ।
सरकारले स्वदेशमै रोजगारी सिर्जना गरेर सस्तो ब्याजदरमा ऋण दिएर विदेशिने युवालाई काम दिनुपर्ने लामिछानेको भनाइ छ । लामिछाने भन्नुहुन्छ, “गाउँमै केही गरौँभन्दा ऋण पाइँदैन तर विदेश जान्छु भन्दा सबैले जति मागे पनि ऋण दिन्छन् ।”
आफूले पनि गाउँमै व्यवसाय सञ्चालन गर्छु भन्दा कसैबाट ऋण नपाएर गाउँका अरुलाई भनेर ऋण पाएको अनुभव सुनाउनुभयो । “कुखुरापालन व्यवसाय गरेको धेरै लामो समय भएको छैन, लगानी अहिले बराबरमा रहेको छ अब फाइदा हुन्छ होला”, लामिछानेले भन्नुभयो । बराहताल–५ सुर्खेतका जीवन लामिछानेले पनि आफूले बनाएको राहदानी थन्काएर गाउँमै भैँसीपालन व्यवसाय शुरु गर्नुभएको छ । स्थानीय बहुमुखी कृषि सहकारी संस्थाबाट रु एक लाख ऋण लिएर भैँसीपालन गर्नुभएको हो ।
समुदायको आवश्यकता र मागका आधारमा योजनाको छनोट हुने भए गाउँमा स्वरोजगारको वृद्धि हुने नागरिक अगुवा खिम रेग्मीले बताउनुभयो । कुनै पनि बैंक, सहकारी तथा अन्य संस्थाबाट लिएको रकमको सही सदुपयोग गरे युवा विदेशिनु नपर्ने र स्वदेशमै बसेर पनि सुन फलाउन सकिने रेग्मीको धारणा छ । कर्णालीको गरीबी हटाउन प्रदेश सरकार, स्थानीय सरकारले पहिलो चरणमा आय आर्जन व्यवसाय र क्षमता विकासमा लगानी गर्नुपर्ने रेग्मीको सुझाव छ ।
September 12, 2018 3:22 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी