Sunday 29th March 2026

लमजुङमा बाढी पहिरोमा परी ३ जनाको मृत्यु ४ जना बेपत्ता

8 years अगाडी

लमजुङ । अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मर्स्याङदी गाउँपालिका ३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिन भाग्ने क्रममा हजुरआमा ६० वर्षीया अतिरुपा थापा र नातिनी १० वर्षीया सिरस थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउने क्रममा पहिरोबाट खसेको ढुंगाले लागेर मस्र्याङदी गाउँपालिका ४, श्रीचौरकी अन्दाजी ४० वर्षीया विष्णुकली गुरुङको मृत्यु भएको छ । गम्भीर घाइते उनलाई गाउँलेले घर ल्याएको र साँझ ७ बजेतिर मृत्यु भएको स्थानीय पूर्णबहादुर गुरुङले बताए । गम्भीर घाइते उनीहरुलाई उपचारको लागि खुदीस्थित स्वास्थ्य संस्थामा ल्याउने क्रममा बुधबार साँझ ६ बजेतिर निधन भएको डीएसपी यादव ढकालले बताए ।

उनका अनुसार मर्स्याङदीमा एक्कासी बढेको बहाबले बगाउँदा बेंसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जना युवकलाई मर्स्याङदीले बगाएको छ । ठेकेदार कम्पनी रसुवा कन्ट्रक्सन प्रालिमार्फत पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी ३० वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मण थारुलाई मस्र्याङदीले बगाएको प्रहरीले बताएको छ ।बाढीले निर्माणाधिन जलविद्युत आयोजनाहरुमा पनि क्षति पुर्‍याएको प्रवद्र्धक कम्पनीहरुले बताएको छ ।

यता, बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीदेखि च्याम्चेसम्म बाढीपहिरोका कारण अर्खलेबेंसीमा २ जनालाई बगाएको स्थानीयले बताएका छन् । मस्र्याङदी गाउँपालिका ३ को अर्खलेबेंसीमा पहिरोले बगाएर घरमा रहेका अन्दाजी ७० वर्षीया ललितामाया गुरुङ र जगतगाउँ घर भएका लामा भनिने नामथर खुल्न नसकेका एक वृद्धलाई बाढीले बगाएको स्थानीय जगत गुरुङले बताए ।

          September 13, 2018 10:24 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...