संकटमा सलमान खान
एजेन्सी । बलिउड अभिनेता सलमान खान संकटमा फसेका छन् । बिहारको मुज्जफुर अदालतले उनको फिल्म लवरात्रीका विरुद्ध परेको एक निवेदनमाथि प्रारम्भीक कारबाही गर्न प्रहरीलाई आदेश दिएको छ ।सलमान खानसहित अन्य ७ जना कलाकारमाथि कानुनी कारबाही हुन लागेको हो । लवरात्री फिल्म आगामी अक्टुबर ५ मा दुर्गापूजाका दिन रिलिज हुँदैछ । बिहारका एक जना वलिक सुधीर ओझाले सो फिल्मले हिन्दुको भावनामा ठेस पुर्याएको भन्दै अदालतमा एक निवेदन दिएका थिए ।
अदालतले सो निवेदनमाथि शुरु कारबाही गर्दै आवश्यक छानविन गर्न प्रहरीलाई आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सलमान खान र उनका भिनाजु मिलेर सो फिल्म बनाइरहेका छन् । फिल्म प्रेममा केन्द्रित भए पनि नवरात्रिलाई विगारेर लवरात्रि बनाइएको भन्दै केही हिन्दुवासी संगठनले यसअघि पनि सलमान खानको विरोध गरेका थिए । एक संगठनका प्रमुखले त सलमान खानलाई मारे २ लाख रुपैयाँ पुरस्कार दिनेसमेत घोषणा गरेका थिए । फिल्म विवादमा फसेपछि सलमान खान पनि तनावमा परेको बताइएको छ । बलिउडका सबैभन्दा सफल अभिनेता सलमान विभिन्न सयममा कानुनी संकटमा पर्दै आएका छन् । उनी कालो हिरण मारेको आरोपमा धेरै पटक अदालतमासमेत पुग्नु परेको छ । यद्यपी सो आरोपबाट उनी मुक्त भएका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग