विश्वकप विजेता लोरिसद्वारा जेल सजाय अस्वीकार
लण्डन, भदौ । विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई जेल सजाय तोकिएकोमा अस्वीकार गरेका हुन् लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लागि भने सहमत भएका छन् ।
‘गत जुलाई १५ तारिखका दिन उहाँ विश्वकै सबैभन्दा गौरवपूर्ण व्यक्ति बन्नु भएको थियो, उहाँकै नेतृत्वमा फ्रान्सले रुसको मस्कोमा विश्वकपको उपाधि प्राप्त गरेको थियो,’ वकिल डेभिड सोनले भने ।‘सो उपाधि प्राप्त गरेको करिब दुई महिनामा उहाँ लण्डनको मध्य भागमा पक्राउ पर्नुभएको छ,’ ती वकिलले थपे, ‘उहाँले आज अदालतमा क्षमा याचना गर्नुभएको छ ।’
उनले अगाडि थपे, ‘लोरिसलाई फ्रान्समा अत्यधिक सम्मान गरिन्छ भने, उहाँ अहिले विश्वकै सर्वाधिक आदरणीय व्यक्ति मानिनुहुन्छ डेलि मेल पत्रिकाका अनुसार लोरिसले मादक पदार्थ सेवन गरेको प्रहरीको विवरणमा देखिएको छ । बेलायतमा ३५ माइक्रोग्राम भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ ।
लोरिसले एक विज्ञप्तिमार्फत परिवार, क्लब, सहकर्मी र समर्थकहरुसँग क्षमा याचना गरेका छन् ।‘मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु सम्पूर्ण रुपमा मेरो कमजोरी हो । म स्वीकार गर्दछु,’ उनले भने । उनले सधैँ यस्तै गल्ति नहुने विज्ञप्तिमा प्रष्ट पारेका छन् ।
September 13, 2018 12:48 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी