विश्वकप विजेता लोरिसद्वारा जेल सजाय अस्वीकार
लण्डन, भदौ । विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उनलाई जेल सजाय तोकिएकोमा अस्वीकार गरेका हुन् लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लागि भने सहमत भएका छन् ।
‘गत जुलाई १५ तारिखका दिन उहाँ विश्वकै सबैभन्दा गौरवपूर्ण व्यक्ति बन्नु भएको थियो, उहाँकै नेतृत्वमा फ्रान्सले रुसको मस्कोमा विश्वकपको उपाधि प्राप्त गरेको थियो,’ वकिल डेभिड सोनले भने ।‘सो उपाधि प्राप्त गरेको करिब दुई महिनामा उहाँ लण्डनको मध्य भागमा पक्राउ पर्नुभएको छ,’ ती वकिलले थपे, ‘उहाँले आज अदालतमा क्षमा याचना गर्नुभएको छ ।’
उनले अगाडि थपे, ‘लोरिसलाई फ्रान्समा अत्यधिक सम्मान गरिन्छ भने, उहाँ अहिले विश्वकै सर्वाधिक आदरणीय व्यक्ति मानिनुहुन्छ डेलि मेल पत्रिकाका अनुसार लोरिसले मादक पदार्थ सेवन गरेको प्रहरीको विवरणमा देखिएको छ । बेलायतमा ३५ माइक्रोग्राम भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ ।
लोरिसले एक विज्ञप्तिमार्फत परिवार, क्लब, सहकर्मी र समर्थकहरुसँग क्षमा याचना गरेका छन् ।‘मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु सम्पूर्ण रुपमा मेरो कमजोरी हो । म स्वीकार गर्दछु,’ उनले भने । उनले सधैँ यस्तै गल्ति नहुने विज्ञप्तिमा प्रष्ट पारेका छन् ।
September 13, 2018 12:48 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :