नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
8 years अगाडी
Susma Dhakal
नवलपरासी । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन्। सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीले जनाएको छ।
सशस्त्र प्रहरी नायब निरीक्षक विश्वजित खवासको नेतृवमा रहेको नेपाली टोली र भारतीय सशस्त्र सीमा बल एसएसबीको सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार ग्वालाको नेतृत्वमा रहेको संयुक्त टोली गस्तीमा सहभागी थिए। गस्तीका क्रममा सीमास्तम्भको अवस्था र सीमा अतिक्रमणका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफल गरिएको थियो।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...