हेर्नुहोस ऐश्वर्या रायले जितिन् अवार्ड, अभिषेकले गरे फोटो सेयर र लेखे-‘म भाग्यमानी पति’ !
बलिउड नायिका ऐश्वर्या राय बच्चनले अमेरिकामा भएको वुमन इन फिल्म एण्ड टेलिभिजन(डब्लूआइटी) इन्डिया अवार्ड शोमा मेरिली स्ट्रीप एक्सेलेन्सी अवार्डबाट सम्मान पाएकी छिन्। ८ सेप्टेम्बरमा अमेरिकामा आयोजित उक्त अवार्ड कार्यक्रममा ऐश्वर्याले अवार्ड पाएपछि सामाजिक सञ्जालमा शेयर गरेकी थिइन्। उनलाई सबैभन्दा पहिले आराध्याले बधाई दिएकी थिइन् भने उनीहरुको तस्बिरलाई उनका पति अभिषेश बच्चनले सामाजिक सञ्जालमा शेयर गरेका थिए।ऐश्वर्याको सम्मानको खुसीमा उनले शेयर गर्दै लेखेका छन्, ‘मिसेजलाई मेरिली स्ट्रीप सम्मान पाएकी छिन्। यसको अवसरमा आराध्याले उनलाई बधाई दिएकी छिन्। उक्त तस्बिर देखेर म एउटा असल श्रीमान भएको गर्व अनूभव गरिरहेको छु।’
ऐश्वर्याले सामाजिक सञ्जालमा छोरी आराध्यासँग तस्बिर खिचाएकी छिन्। उनले अवार्डमा जाँदा इजिप्टियन डिजाइनमा बनाइएको कालो र गोल्डेन गाउन लगाएकी थिइन्। यस्तै छोरी आराध्याले पिंक रंगको गाउन लगाएकी थिइन्। अवार्ड कार्यक्रममा ऐश्वर्यासँगै उनको आमा पनि आएकी थिइन्। यता, डब्लूआइटी इन्डियाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘ हाम्रो उद्देश्य भनेको लैंगिक विभेदविरुद्ध लड्नु र आवाज उठाउनु हो।साथै महिलालाई सशक्तिकरण गर्दै समान हक र अधिकार दिलाउनु नै हो।यसमा पुरुषहरुले पनि हातेमालो गर्दै साथ दिनु पर्नेछ।’
September 14, 2018 11:27 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग