१८ किलो सुन राखेर बनाइयो मनकामना मन्दिर, टाढै बाट भए पनि १ लाईक गरी दर्शन गर्नुहोस !
प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको पुनर्निर्माण सकिएको छ। १३ करोड रुपैयाँमा जीर्णाेद्वार सकिएको मन्दिर २०७२ असारमा क्षमा पूजा गरेर भत्काइएको थियो। जीर्ण भएको मन्दिरलाई भूकम्पले थप जीर्ण भएपछि भत्काइएको थियो। नेपाल सरकार र भक्तजनबाट आएको रकमबाट जीर्णाेद्वार सम्पन्न भएको मन्दिर जीर्णाेद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए।
‘जीर्णोद्वारको काम सकिएको छ, सरसफाइको काम बाँकी छ,’ श्रेष्ठले भने, ‘सरसफाइको काम सकेपछि दसैंमा भक्तजनले मन्दिरमै पूजा गर्न पाउँछन्।’ अहिले मनकामना मन्दिरकै छेउमा मन्दिरको प्रतिमा बनाएर पूजा गर्ने व्यवस्था मिलाइएको छ। सरकारको चार करोड र भक्तजनको आठ करोड रुपैयाँले मन्दिर जीर्णोद्वार गरिएको अध्यक्ष श्रेष्ठलले जानकारी दिए।
जीर्णोद्वार गरिएको मन्दिरमा तामाको पातामा सुनको जलपले पोतिएको छ। मन्दिर पुरै सुनौलो देखिएको छ। सुनकै जलप लगाएर गजुर समेत राखिएको छ। १८ किलो सुन खर्चेर मन्दिरमा जलप लगाइएको समितिले जनाएको छ। मन्दिरको आँगनमा ढुंगा छाप्ने काम पनि गर्न लागेको छ। ‘मन्दिरको पछाडि भागमा पर्खाल लगाउने र आँगनमा ढुंगा पनि छाप्ने तयारीमा छौँ’ उनले भने, ‘यति गरेपछि मन्दिरको आयु पनि बढ्ने छ।’
September 14, 2018 11:35 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :