Monday 22nd December 2025

दाङमा नयाँ संहिताको प्रभाव : धमाधम सम्बन्ध बिच्छेदको उजुरी गर्दै पुरुषहरु

7 years अगाडी

दाङ – पारिवारिक सम्बन्धमा बेमेल भए पनि सम्बन्धबिच्छेदका लागि अघि सर्न नसकेका पुरुषहरुले नयाँ संहिता आएसँगै धमाधम उजुरी दिन थालेका छन् । यसअघि सम्बन्ध बिच्छेदको उजुरी महिलाले दिनुपर्ने र दुबै जना छुट्न सहमत भए दुबै जनाले दिनसक्ने ब्यवस्था थियो तर, भदौ १ गतेदेखि लागु भएको नयाँ संहिताले पुरुषलाई पनि सम्बन्ध बिच्छेदको बाटो खोलिदिएपछि पुरुषहरु सम्बन्ध बिच्छेदका लागि अघि सारेका छन् । दाङ देउखुरी जिल्ला अदालतमा भदौ १ गतेदेखि २८ गतेसम्म २९ जना पुरुषले सम्बन्ध बिच्छेदका लागि निबेदन दिएका छन् । ती २९ जना मध्य ३ जना पुरुषले श्रीमतीसँग सम्बन्धबिच्छेद नै गरिसकेका छन् । अहिलेसम्म पुरुषले दिएको उजुरीअनुसार तीन जोडीको सम्बन्धबिच्देछ भएको अदाललतका श्रेस्तेदार गम्भीर रानामगरले जानकारी दिनुभयो ।

२८ दिनमा कुल ५४ वटा सम्बन्ध बिच्छेदका निबेदन परेकामा २९ पुरुष र २५ महिलाका रहेका छन् । ती मध्य ३ पुरुष र ९ महिलाको मिलापत्रका आधारमा सम्बन्ध बिच्छेद भएको श्रेस्तेदार रानामगरले जानकारी दिनुभयो । सम्बन्ध बिच्छेदका लागि ७४ बर्षसम्मका बृद्धले पनि उजुरी दिएका छन् । श्रीमती श्रीमानको मन्जुरी नलिई लगातार तीन बर्ष वा सो भन्दा बढी समय अलग बसेमा, पत्नीले पतिलाई खान, लाउन नदिएमा वा घरबाट निकाला गरिदिएको खण्डमा र परपुरुष सँग सम्बन्ध राखेमा श्रीमानले उजुरी दिनसक्ने कानुनी व्यवस्था रहेको छ

          September 14, 2018 12:22 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...