लामो समयपछि नाच्न काठमाडौं आएकी निरूता ‘आमा’ बनेपछि
काठमाडौ । लामो समयपछि काठमाडौं आएकी अभिनेत्री निरुता सिंह एनएफडीसी अवार्डमा नृत्यका लागि आएकी थिइन् । अविरल पानी परेका कारणले शनिबार उनले नृत्य देखाउन पाइनन् ।तर उनले ‘आमा’ बन्ने अवसर पाएकी छन् । छोटो समयका लागि नेपाल आएकी उनी विकास आचार्यको फिल्म नाई न भन्नु ल–५ का लागि बाल कलाकार अनुभव रेग्मीकी आमाको भुमिकामा देखिने भएकी छन् । उनले उक्त चरित्रका लागि सम्झौता गरेको आचार्यले बताए ।
उनी छैठौं एनएफडीसी अवार्डका लागि आएकी थिइन् । फिल्ममा अभिनय गर्नेबारे पनि चर्चा भइरहेको थियो । छिट्टै भारत फर्किने उनी फिल्मका लागि केही दिन नेपाल बस्नेछिन् । तुलसी घिमिरेको फिल्म दक्षिणाबाट नेपाली रजतपटमा पाइला टेकेर एक दशकसम्म कुशल अभिनयमा जमेकी निरुता पछिल्ला समयमा हराएकी थिइन् । प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्मा, अभिषेक नेपाल, स्वस्तिमा खड्कालगायतका कलाकारको अभिनय रहनेछ । सामीप्यराज तिमल्सेनाले लेखेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहने जनाइएको छ ।
September 14, 2018 1:06 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग