मिडियाको अगाडी दीपिकाले यसरी लुकाइन् आफ्नु बिवाहको रहस्य
बलिउडमा बिवाह गर्नेको लहर चलेको बेला बलिउड अभिनेत्रि दीपिकाले आफ्नु बिवाहको कुरी मिडियामा लुकाइरहेकि छिन् । दीपिका पादुकोण र अभिनेत रणवीर सिंहबीच आउँदो नोभेम्बरमा बिहे हुने पक्का भइसकेको छ । तर, अझै पनि यी दुई विवाहको विषयमा मुख खोल्न चाहिरहेका छैनन् ।दीपिका हालै एउटा अन्तरक्रिया कार्यक्रममा पुग्दा पत्रकारले सोधिहाले, ‘तपाईं र रणवीरको बिहे नोभेम्बरमा हुन लागेको हो रु’ उक्त प्रश्नलाई दीपिकाले सहजरुपमा लिइनन् । उनले सुरुमा असम्वन्धित प्रश्न भन्दै पन्छाइन् । तर, पत्रकारले दोहो¥याएर सोधे किनकी उनलाई हेडलाइन चाहिएको थियो । त्यसपछि भने दीपिका आगो भइन् ।
‘कस्तो ठाउँमा के प्रश्न सोध्ने भन्ने कमन सेन्स छैन तपाईंको रु’, दीपिकाले भनिन्, ‘यति संवेदनशील मुद्दामा छलफल भइरहेको बेला कहाँबाट आयो मेरो बिहेको कुरा रु’ खासमा त्यो कार्यक्रममा उनी आफ्नो डिप्रेसनसम्वन्धि अनुभव सेयर गर्न पुगेकी थिइन् । डिप्रेसनबाट आफू कसरी बाहिर निस्केँ भन्ने सुनाउँदै गर्दा पत्रकारले असम्वन्धित प्रश्न राखेका थिए । त्यसैले दीपिकाको पारो चढ्नु स्वभाविक थियो ।
दीपिका केही वर्षअघि गम्भीर डिप्रेसनबाट प्रताडित बनेकी थिइन । त्यतिबेलाको अनुभव उनले धेरै ठाउँमा सेयर गरिसकेकी छन् । डिप्रेसनबाट निस्किन आफूलाई ब्याडमिन्टनले सघाएको उनी बताउने गर्छिन् । डिप्रेसनबाट बाहिर निस्केपछि दीपिकाले मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न एउटा एनजीओ पनि खोलेकी छन् । उक्त एनजीओको नाम रहेको छ, लाइफ, लिभ, लाफ । यो एनजीओले खासै के काम गर्ने भन्न सकिएको छैन ।दीपिका पछिल्लोपटक विवादित फिल्म ‘पद्मावत’ मा देखिएकी थिइन् । हालै उनले एउटा नयाँ हलिउड प्रोजेक्ट साइन गरेको चर्चा चलिरहेको छ । एजेन्सी
September 14, 2018 2:42 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग