एयरबस कंपनी संग परामर्श पछि मर्मत कार्य शुरु गरि ग्राउन्डेड ए३३० आज साँझ सम्ममा संचालनमा आउने छ। त्यसै गरि चराले ठोकेर ग्राउन्डेड भएको ए३२० भोलि सम्ममा संचालनमा आउनेछ।
काठमाडौँ । चरा ठोक्किएर ग्राउण्डेडमा रहेको नेपाल एयरलाइन्सको जहाज भोलिदेखि सञ्चालनमा आउने भएको छ। मलेसियाबाट फर्कने क्रममा बिहीबार त्रिभुवन विमानस्थलमा चरा ठोक्किएपछि ग्राउण्डेडमा रहेको एयरबस ए ३२० ए के डब्लुले भोलिदेखि उडान भर्ने तयारी गरेको नेपाल एयरलाइन्सले जनाएको छ।
नेपाली एयरलाइन्सले ट्वीट गर्दै एयरबस कम्पनीसँग परामर्श गरी मर्मतमा रहेको ग्राउण्डेड ए ३३० आज साँझबाट सञ्चालनमा आउने र चरा ढोक्किएर ग्राउण्डेडमा रहेको ए ३२० भोलिदेखि सञ्चालनमा आउने जानकारी दिएको हो। बिहीबार मलेसियाबाट आएको एयरबस ए३२० ए केडब्लू त्रिभुवन विमानस्थलमा अवतरण गर्दा चरासँग ठोक्किएर पखेटाको फ्लापमा क्षति पुगेको थियो।