एक हप्तामा कति कमायो ‘रामकहानी’ले ?
काठमाडौं । मल्टिस्टारर चलचित्र ‘रामकहानी’ को एक हप्ते बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । वितरक सुनिल मानन्धरले एक हप्तामा चलचित्रले देशभर कुल २ करोड ७० लाखको कलेक्सन गर्न सफल भएको बताएका छन् ।वितरक मानन्धरले तीजको बिदामा चलचित्रले बम्पर कमाई गरेको बताए । उनका अनुसार, उक्त दिन फिल्मले देशभर ८० लाखको कलेक्सन गरेको थियो ।
‘वर्ड अफ माउथ राम्रो भएका कारण हलमा चलचित्र टिकिरहेको छ’ उनले भने, ‘दोस्रो सातामा पनि चलचित्रको कलेक्सन राम्रो हुनेमा आशावादी छौं ।’ उनी चलचित्र को हल संख्यामा घटबड नभएको पनि बताउँछन् ।
चलचित्रले देशभर सुखद कलेक्सन गरिरहेको अवस्थामा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र कलाकार शोभित बस्नेत अहिले मोफसलका विभिन्न सहर पुगेर दर्शक भेट्न व्यस्त छन् । उनीहरुले हल(हलमा पुगेर दर्शकसँग सेल्फी खिच्दै चलचित्र रुचाइदिएकोमा धन्यवाद दिएका छन् । माया (पूजा) र राम (आकाश) को प्रेमकथा वाचन गरेको ‘रामकहानी’ मा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रबिन्द्र झा, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ । पूजा र निर्देशक थापाले संयूक्त रुपमा चलचित्र निर्माण गरेका हुन् ।
September 15, 2018 11:49 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग