सिर्जनात्मक ढंगले जन्मदिन मनाउँदै मोदी, यस्तो छ तयारी
नयाँ दिल्ली, ३० भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जन्मोत्सवलाई विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ ।उनको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले मोदीको जन्मदिन पर्ने सेप्टेम्बर १७ तारिखलाई ‘सेवा दिवस’का रुपमा भारतभरी नै मनाउने तयारी गरिएको जनाएको छ ।उनको जन्मोत्सवका अवसरमा पार्टी नेताहरूले सरसफाई, रक्तदानलगायतका विभिन्न सामाजिक सेवाका कार्यक्रमहरूको आयोजना गरेका छन् ।
प्रधानमन्त्री मोदीले भने आफ्नो ६८औँ जन्मोत्सव आफ्नो निर्वाचन क्षेत्रमा पर्ने वाराणासीमा आफ्ना मतदाता र सुभेच्छुक तथा इष्टमित्रहरूसँग मनाउने योजना बनाएका छन् ।श्रोतका अनुसार प्रधानमन्त्री मोदीले वाराणासीमा रहेका वेला जन्मोत्सवको दिन स्थानीय एक विद्यालयका बालबच्चाहरूसँग केक काट्नेछन् । त्यसपछि उनले करोडौँ रुपैयाँका विकास आयोजनाहरू पनि घोषणा गर्नेछन् ।
प्रधानमन्त्री मोदीले चक्रपथ बनाउने, महिलाका लागि सेवा प्रदान गर्ने दुई अस्पतालको शिलान्यास गर्नेलगायतका कार्यक्रमहरू रहेका छन् । ती प्रत्येक कार्यक्रमका लागि २० करोड भारतीय रुपैयाँ छुट्याइने भएको छ ।श्रोतले जनाएअनुसार उनले झण्डै ६०० करोडको लगानीमा बन्ने क्यान्सर अस्पतालको पनि शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।वारणासी भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले काशी विश्वनाथ मन्दिरको भ्रमण गर्नेछन् भने बनारस हिन्दु विश्वविद्यालयमा सम्बोधन गर्नेछन् । एएनआई
September 15, 2018 11:53 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै