आजबाट एसिया कप क्रिकेट सुरु
काठमाडौं, ३० भदौ । एसिया कप क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स युएईमा सुरु हुँदैछ । एकदिवसीय फरम्याटको एसिया कपमा एसियाका ६ टेष्ट राष्ट्र र एक एसोसियट राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
एसिया कपको उद्घाटन खेलमा समूह ‘बि’ मा रहेका टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् । उद्घाटन खेल नेपाली समय अनुसार आज साँझ ५ः१५ बजे दुबईमा सुरु हुनेछ । दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
बंगलादेश माश्रफ मोर्टाजाको कप्तानीमा मैदान उत्रनेछन् । यस्तै श्रीलंकाको कप्तानी एन्जेलो म्याथ्युजले गर्नेछन् । एसिया कपको समूह ‘बि’ मा बंगलादेश र श्रीलंकासंगै अफगानिस्तान पनि रहेका छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान र हङकङ रहेको छ ।हङकङ एसिया कप खेल्ने एकमात्र एसोसियट राष्ट्र हो । नेपाल भने एसिया कपको छनोटको शीर्ष दुईमा पर्न असफल भएको थियो ।
September 15, 2018 12:25 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी