आजबाट एसिया कप क्रिकेट सुरु
काठमाडौं, ३० भदौ । एसिया कप क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स युएईमा सुरु हुँदैछ । एकदिवसीय फरम्याटको एसिया कपमा एसियाका ६ टेष्ट राष्ट्र र एक एसोसियट राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
एसिया कपको उद्घाटन खेलमा समूह ‘बि’ मा रहेका टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् । उद्घाटन खेल नेपाली समय अनुसार आज साँझ ५ः१५ बजे दुबईमा सुरु हुनेछ । दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
बंगलादेश माश्रफ मोर्टाजाको कप्तानीमा मैदान उत्रनेछन् । यस्तै श्रीलंकाको कप्तानी एन्जेलो म्याथ्युजले गर्नेछन् । एसिया कपको समूह ‘बि’ मा बंगलादेश र श्रीलंकासंगै अफगानिस्तान पनि रहेका छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान र हङकङ रहेको छ ।हङकङ एसिया कप खेल्ने एकमात्र एसोसियट राष्ट्र हो । नेपाल भने एसिया कपको छनोटको शीर्ष दुईमा पर्न असफल भएको थियो ।
September 15, 2018 12:25 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :