चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजना सञ्चालन
पर्वत, ३० भदौ । स्थानीयको अवरोधका कारण निर्माणकार्य अवरुद्ध भएको चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम छ दिनपछि सञ्चालन भएको छ ।प्रभावित क्षेत्रका स्थानीयवासीले विभिन्न माग राख्दै गत आइतबारदेखि निर्माणकार्य ठप्प बनाएका थिए । आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका स्थानीय र वार्ता टोलीबीच शुक्रबार भएको छलफलपछि निर्माणकार्य सञ्चालन गर्ने निर्णय भएको हो । आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा घर चर्किएको भन्दै स्थानीयवासी आन्दोलित भएका थिए ।
वार्तामा विभिन्न चार बुँदे सहमति भएको छ । चर्किएका घर आयोजनाका कारण हो या होइन भन्ने बारेमा भूगर्भविद् ल्याएर चेकजाँच गर्ने, अहिलेसम्म भएको क्षतिको आयोजनाले क्षतिपूर्ति दिने र भूगर्भविद्ले दिएको विवरणको आधारमा सम्भावित क्षतिको क्षतिपूर्ति आयोजनाले व्यहोर्ने र आयोजनास्थलमा निर्माण गरिएको सडकलाई आयोजनाको लागतमा स्तोन्नति गर्ने लगायतका निर्णय गरिएको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिए ।वार्तामा सरोकार समितिका संयोजक खिमबहादुर खत्री र उपाध्यक्ष भुलबहादुर पौडेल, आयोजना प्रमुख निरञ्जन राउत, जनसम्पर्क अधिकृत अशोक आचार्यलगायत मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रवक्ता विमल लामिछाने र वडाध्यक्ष विकास तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।
स्थानीयवासीले सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा सुरुङमार्गको माथि पर्ने १६ घरमा क्षति भएको भन्दै उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका थिए । मोदी गाउँपालिका–२ देउपुरस्थित ठाना, कल्लेनी र ओख्ले प्रभावित क्षेत्रमा छन् । ती बस्तीमा ५७ घर रहेका छन् । भूकम्पले जस्तै गरी चर्किन थालेपछि आन्दोलनमा उत्रिनुपरेको सरोकार समितिका उपाध्यक्ष भुलबहादुर पौडेलले बताए ।
September 15, 2018 1:18 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै