आश्चर्यजनक खुलासाः सलमानको खराब बानीसँग डराएर ‘भारत’ छोडेकी थिइन् प्रियंकाले
मुम्बइ। प्रियंका चोपडाले सलमान खानसँग गर्ने भनिएको फिल्म भारत छोडेको डेढ महिना भइसकेको छ । तर, यसको कारणका विषयमा अनुमान गर्ने सिलसिला भने चलिरहेको छ । अब यो विषयमा नयाँ कुरा खुलेको छ । रिपोर्टका अनुसार प्रियंकाले यो प्रोजेक्ट सलमान खानकै कारण छोडेकी थिइन् । पछिल्लो समय सलमान हरेक काममा ढिलासुस्ती गर्छन् र प्रियंका सलमानको यही बानीसँग डराएकी थिइन् । प्रियंकालाई डर थियो कि भारतमा काम सुरु गरिसकेपछि सलमानको ढिलासुस्तीका कारण फिल्म तोकिएको समयमा सुटिङ पूरा नभएमा उनका हलिउड प्रोजेक्टलाई नोक्सानी हुन सक्छ ।
प्रियंकालाई अरु हिरोइनभन्दा पहिले भारतको लागि साइन गरिएको थियो । त्यसपछि दिशा पटानी र तब्बु पनि स्टारकास्टमा जोडिए । जब यी दुई हिरोइन फिल्ममा थपिए त्यसपछि नै प्रियंकाको मन फेरिएको थियो । उनलाई लागिरहेको थियो कि दिशा र तब्बुका कारण उनले स्क्रिनमा कम स्थान पाउनेछिन् । दिशा र तब्बु फिल्ममा जोडिनासाथ प्रियंकाले फिल्म छोड्ने मन बनाइसकेकी थिइन् । यही बीचमा उनलाई थाहा भयो कि सलमान सेटमा ढिलो गरेर आउँछन् र कैयौं पटक उनको ढिलाइका कारण तोकिएको सुटिङ हुनै पाउँदैन । प्रियंका हलिउडको अनुशासित र प्रोफेशनल वातावरणमा काम गरिसकेकी थिइन् । यस्तोमा सलमानको ढिलासुस्ती गर्ने बानी उनलाई मन परेन र उनी फिल्मबाट बाहिरिइन् ।
September 15, 2018 1:30 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग