पुरा पढ्नुहोस,संसारका सबैभन्दा बढी तलब खाने फुटबलरहरु यी हुन्, कसको कति ?
काठमाडौं क्रिस्टियानो रोनाल्डो ८८ मिलियन पाउण्डमा डलरमा रियल मड्रिडबाट युभेन्टसमा अनुबन्धित भए । युभेन्टसमा अब उनले प्रतिसाता ५ लाख पाउण्ड तलब पाउनेछन् । उनको बार्षिक तलब २६.६ मिलियन पाउण्ड हुनेछ । योसँगै उनी संसारका तेस्रो बढी तलब खाने फुटबलर बन्नेछन् ।
हिलो नम्बरमा रहेका बार्सिलोनाका लियोनल मेस्सीले बर्षिक ४०.५ मिलियन तलब बुझ्दा दोस्रो नम्बरमा रहेका पेरिस सेन्ट जर्मेन (पिएसजी)का नेयमारले ३१.७ मिलयन पाउण्ड खान्छन् । युभेन्टस गएसँगै रोनाल्डोले म्यानचेस्टर युनाइटेडका एलेक्सिस सान्चेजलाई भने उछिनेका छन् ।
सान्चेजले प्रतिबर्ष २३.४ मिलियन डलर तलब बुझ्ने गरेका छन् र चौथो नम्बरमा छन् । यो सूचीमा चाइनिज सुपर लिगका खेलाडी समेत समावेश छन् । पाँचौ नम्बरमा संघाई एसआइपीजीका ओस्कारले २१.१ मिलियन पाउण्ड तलब बुझ्ने गरेका छन् ।
हेुर्नहोस् सूची
१. मेस्सी (बार्सिलोना): ४०.५ मिलियन पाउण्ड २. नेयमार (पिएसजी): ३१.७ मिलियन पाउण्ड ३. क्रिस्टियानो रोनाल्डो (युभेन्टस): २६.६ मिलियन पाउण्ड ४. एलिक्सेस सान्चेज (म्यानचेस्टर युनाइटेड): २३.४ मिलियन पाउण्ड ५. ओस्कार (संघाई एसआइपीजी): २१.१ मिलियन पाउण्ड
६. एजेक्वेल लभेजी ( हेभी फच्र्यून): २०.२ मिलियन पाउण्ड ७. मेसुट ओजिल (आर्सनल): १८.२ मिलियन पाउण्ड ८. हल्क (संघाई एसआइजीपी): १७.६ मिलियन पाउण्ड ९. केलियन एमबाप्पे (पिएसजी): १५.९ मिलियन पाउण्ड १०. पल पोग्वा (म्यानचेस्टर युनाइटेड): १५.४ मिलियन पाउण्ड
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :