Monday 22nd December 2025

कर्णालीमा डुबेर पनि जिवितै, रुखको पातमा समेत हिड्न सक्ने अचम्मको जटा माता !

7 years अगाडी

७ वर्ष को उमेर देखि आफुमा भगवान आएको बताउने जटा माताको शरीरमा भगवान आए पश्चात उनी पात पातमा हिड्ने गरेको उनले बताइन्। उनले भनिन् ,’जब मलाई हनुमान आएको थियो म पात पातमा हिडे। शिव आउदा म धर्तीमा लडे त्यो बेला ६ जना पुरुषले पनि मलाई उठाउन सकेन। कर्णालीमा हाम फाल्दा समेत म बचे। भगवानले त मर्न पाउदिनस भनेर बचाउनु भयो।’

उनी १५ वर्षको उमेरमा कर्णालीमा हामफालेको बताइन। उनमा काम्ने , बक्ने जस्तो हुन थाल्यो अरुले यसले अरुको हानी गर्छे भन्न थाले त्यसैले उनी कर्णाली नदीमा हामफलेको उनको भनाई छ।

उनले थपिन ,’म अब ढुंगामा टाउको ठोकेर मर्छु भनेर ढुंगामा आफ्नो टाउको ठोके त्यतिबेला स्वयम् महादेव आउनु भयो। शुरुमा मैले महादेव हो भनि नचिनी राक्षस भन्ठाने अनि तर्सिए।’ उनले आफ्नो जीवनकालमा थुप्रै रोगीको रोग निको परिसकेकी छिन्। अस्पतालले रोग निको नसकेको बिरामीलाई समेत उनले उनको विद्याले निको पारेको बताइन्।

          September 16, 2018 11:59 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...