क्यान्सरसँग जुधीरहेकी सोनालीलगायत ५ जना कलाकारमाथि अदालतमा मुद्दा !
एजेन्सी । काला हिरणको शिकार मुद्दामा राजस्थान सरकारले ५ महिनापछि जोधपुर अदालतको पैसलालाई उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ ।भारतीय समाचार एजेन्सीका अनुसार राजस्थान सरकार काला हिरण शिकार मुद्दामा तब्बु, सैफ अलि खान, सोनाली बेन्द्र,े नीलम र दुष्यंतलाई रिहा गर्ने फैसलामाथि पुनरावेदन गर्ने भएको छ ।
सन १०९८ मा ‘हम साथ साथ हैं’ फिल्मको शूटिंगका क्रममा यी सबैका विरुद्ध २ काला हरिणको शिकार गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो । २० वर्षसम्म चलेको यो मुद्दाको फैसला गएको अप्रिलमा भएको थियो ।जसमा सलमान खानलाई दोषी ठहर गर्दै सजाय भएको थियो । उनीमाथि जोधपुर अदालतले ५ सालको कैद तथा १० हजार रुपैयाँको सजाय सुनाएको थियो । तर एक दिनमै सलमान खान जमानतमा रिहा भएका थिए ।
तर, उनलाई अदालतले देश बाहिर जाँदा अनुमति लिनुपर्ने बताएको थियो । यसै कारण फिल्म ‘भारत’ शूटिंगका लागि सलमानले निवेदन दिएका थिए, जसलाई अदालतले स्वीकार गरेका थिए । यो मुद्दामा आरोपी अर्की सोनाली बेन्द्रे भने हाल गम्भीर विरामी छन् । उनलाई हाईग्रेड मेटास्टेटिक क्यान्सर भएको छ । उनको उपचार अमेरिकामा भइरहेको छ । सोनाली सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यबारे जानकारी दिइरहेकी हुन्छिन् ।
September 16, 2018 12:43 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग