सिरहाको गोलबजारमा सुतिरहेका व्यक्तिको घाँटी काटेर हत्या
7 years अगाडी
Susma Dhakal
सिरहा – सिरहाको गोलबजार नगरपालिका–३ पुरानो डिहमा एक युवकको खुकुरीले घाँटी काटेर हत्या भएको छ । घरमै श्रीमती र ८ वर्षीय छोरासहित सुतिरहेको अवस्थामा शनिबार राति स्थानीय ३८ वर्षीय हेमबहादुर तामाङको हत्या भएको हो ।
चारैतिरबाट खुल्ला रहेको काठ र खरले छाएको घरमा लामा परिवार सुतिरहेका थिए । हत्याराले तामाङको घाँटीमा तीन पटक खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय गोलबजरले जनाएको छ । खुकुरी प्रहारबाट तामाङको घटनास्थलमै मृत्यु भएको हो । हत्याराले हत्यामा प्रयोग भएको खुकुरी घरनजिकै फालेर गएको प्रहरीले जनाएको छ ।
सामान्य खेती गरेर जीवकोपार्जन गर्दै आएका तामाङलाई कसले किन हत्या गर्यो भन्ने खुल्न सकेको छैन । तामाङको १ छोरा र १ छोरी छन् तामाङको शव पोष्टमार्टमको लागि लहानको रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।
September 16, 2018 1:00 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...