करोडमा बिक्यो चलचित्र ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स
नेपाली चलचित्र क्षेत्रमा त्यस्ता धेरै उदाहरणहरु छन्, चलचित्र निर्माण हुन्छ र दुई दिन पनि हलमा राम्रोसँग लाग्न नपाउँदै हलबाटै उत्रिन्छ । तर त्यही भिडमा यस्ता चलचित्रहरु पनि निर्माण भएका छन् । जसले चलचित्र लाग्ने टुंगो नहुँदै करोडौंको व्यापार गरेका छन् । त्यही उदाहरण मध्यको एक हो चलचित्र ‘छक्का पञ्जा ३’ ।
चलचित्र ‘छक्का पञ्जा ३’ रिलिज यसै दिन हुन्छ भन्ने अझै यकिन भइसकेको छैन । निर्माण पक्ष दशैंमा प्रदर्शन गर्ने भन्दै आएको छ । दशैंको घटस्थापनाका दिन अथवा फुलपातीका दिन, कुन दिन रिलिज गर्ने भन्ने टुंगो लागेको छैन । दर्शकहरुका निम्ति बहुप्रतिक्षित चलचित्र हो ‘छक्का पञ्जा ३’ । यसै बीच चलचित्र ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स निकै महँगो मूल्यमा बिक्री भएको छ । यो चलचित्र हाइलाइट्स नेपालले एक करोडमा खरिद गरेको बुझिएको छ ।
अब भने यस चलचित्रको विदेश प्रदर्शनको सम्पूर्ण जिम्मेवारी हाइलाइट्सको हातमा रहने छ । त्यससँगै मूल्य तोक्ने जिम्मेवारीसमेत हाइलाइट्सकै रहने चलचित्रकी निर्देशक दिपाश्री निरौलाले बताइन् । हाइलाइट्सले यसअघि पनि ‘छक्का पञ्जा २’ को डिजिटल र ओभरसिज राइट्स ९५ लाखमा खरिद गरेको थियो । तर यस पटक भने चलचित्रको डिजिटल राइट्स बिक्री नगरिएको निर्देशक निरौलाको भनाइ छ ।
चलचित्रको ’पहिलो नम्बरमा’ बोलको गीतले सर्वाधिक सफलता हात पारिसकेको छ । अहिले ‘पछि उमेर ढल्किन्छ’ गीत सार्वजनिक भएको छ । अर्जुन पोख्रेलको संगीत रहेको उक्त गीतमा निशान भट्टराइको आवाज छ । ‘पछि उमेर ढल्किन्छ’ बोलको गीत यति बेला निकै चर्चामा छ चलचित्रमा दीपकराज गिरीसँगै दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, नीर शाह, शिवहरी पौडेल, विल्सनविक्रम राई, किरण केसी, बुद्धि तामाङलगायतका कलाकारहरुले अभिनय गरेका छन् । दीपकराज गिरीको कथा रहेको चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् ।
September 16, 2018 1:55 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग